शाहरुखको ‘डाई-हार्ट फ्यान’ लुसुक्क मन्नतमा छिरी गर्न थाले यस्तो हर्कत, मच्चियो कोलाहल

एजेन्सी- बलिउड अभिनेता शाहरुख खानको फ्यान फलोइंग ठूलो सङ्ख्या पाउन सकिन्छ । अभिनेतालाई भेट्न उनका फ्यान जुनसुकै परिस्थिति भोग्न पनि तयार हुन्छन् । त्यस्तै अभिनेता शाहरुख खानको निकै पागल फ्यान एक पटक उनको घरमा पसेको थियो । पछि त्यस फ्यानलाई भेटेपछि घर भित्र पस्नुको कारण सुन्दा सबै चकित परेका थिए ।

एक समयमा अभिनेता भारतको चर्चित शो कपिल शर्मा शोमा आएका थिए । त्यस समयमा अभिनेताले यस रोचक घटनाको बारेमा बताएका थिए । आफ्नो घरमा फ्यान पसेर लुगा फुकालेर स्विमिङ पुलमा नुहाउन थालेको उनले बताए । तर सुरक्षा गार्डले उनलाई तत्कालै समातेका थिए । शहरुखलाई खबर गरेका थिए ।

जब सेक्युरिटी गार्डले फ्यानलाई घरभित्र पस्नुभएको कारण सोध्दा उनले शाहरुख खान नुहाउने पोखरीमा नुहाउन चाहेको बताए । उनले आफू शाहरुख खानलाई भेट्न वा अटोग्राफ लिन नभई अभिनेता नुहाउने ठाउँ हेर्न र उनले नुहाउँने ठाउँमा एक पटक नुहाउने इच्छा भएको हुँदा आएको बताएका थिए ।

 

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८११:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करोडौँको खर्च साथै ठुला-ठुला सुपर स्टारको सहभागितामा भएको थियो धनुष र रजनीकान्तकी छोरी ऐश्वर्या विवाह!