विवाह भएको १८ वर्षपछि अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तको सम्बन्ध विच्छेद !

एजेन्सी- भारतको साउथका सुपरस्टार धनुषले सोमबार राति पत्नी ऐश्वर्यासँग सम्बन्ध विच्छेद भएको घोषणा गरेर फ्यानहरूलाई चकित पारेका छन् । धनुषले आफ्नो सम्बन्धविच्छेदको बारेमा एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

सामन्था प्रभु र नागा चैतन्यको सम्बन्ध विच्छेदको खबर सेलाउन नपाउँदै साउथ क्षेत्रको अर्को चर्चित जोडीको सम्बन्ध विच्छेदको खबर सार्वजनिक भएको छ । अभिनेता धनुषले आफ्नी श्रीमती ऐश्वर्यासँगको सम्बन्ध विच्छेदको खबर आफ्ना फ्यानलाई सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

धनुषले सामाजिक सञ्जालमा लेखेका छन् ‘ करिब १८ वर्षको साथ, मित्रता,अभिभावक र एक अर्काको शुभ चिन्तक बनेर हामीले जिन्दगीको यात्रा तय गरेका थियौ । तर आज हामी जहाँ उभिएका छौँ त्यहाँ हाम्रो बाटो अलग हुँदैछ । ऐश्वर्या र मैले अलग हुने निर्णय गरेका गरेका छौँ । हामी एकअर्काबाट अलग भएर आफैलाई खोज्ने छौँ । कृपया हाम्रो निर्णयको सम्मान गर्नुहोस् र हाम्रो गोपनीयतालाई ध्यानमा राखेर हामीलाई यसमा निर्णय गर्न दिनुहोस् ।

अभिनेता धनुषको श्रीमती ऐश्वर्या साउथ सुपरस्टार रजनीकान्तकी छोरी हुन् । दुवैले सन २००४ मा विवाह गरेका थिए । दम्पतीका दुई सन्तान छन् । यस बिचमा धेरै पटक यो जोडीको सम्बन्धविच्छेदको खबर आएपनि उनीहरु मिडियाको प्रश्नबाट बच्दै आएका थिए ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१०:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुखको ‘डाई-हार्ट फ्यान’ लुसुक्क मन्नतमा छिरी गर्न थाले यस्तो हर्कत, मच्चियो कोलाहल