सम्बन्ध विच्छेद भएको दोस्रो श्रीमती र आमिर फेरी एक साथमा ? सुभ चिन्तकलाई खुसीको खबर !

बलिउड अभिनेता आमिर खान दोस्रो श्रीमतीसँग पनि डिभोर्सपछि आमिर खान र उनकी श्रीमती किरण रावका फ्यानहरु निकै निराश देखिएका थिए । उनीहरुको सम्बन्ध विच्छेदको खबरले सबैलाई चकित बनाएको थियो । त्यस समयमा अभिनेताको सम्बन्ध विच्छेदपछि दुवैले उनीहरुको सम्वन्ध विच्छेदको बारेमा खुलेर बताएका थिए ।

त्यस समयमा दुवैले अब उनीहरु पति-पत्नी नभए पनि एक असल साथी हुने बताएका थिए । अहिले भारतीय मिडियाको अनुसार लामो समयपछि किरण राव निर्देशनमा फर्किन लागेको खबर सार्वजनिक भएको छ । भने यस फिल्मलाई आमिर खानले निर्माण गर्न लागेका छन् ।

आफूले निर्देशन गरेको ‘धोबीघाट’ ले राम्रो समिक्षा पाएपछि किरण रावले आफ्नो अर्को फिल्मको काम सुरु गरेकी छिन् । निर्माता र निर्देशकले कथित रूपमा आफ्नो दोस्रो फिल्मको लागि गत हप्ताको अन्त्यमा पुणे नजिकैको सहरमा सुटिङ सुरु गरेका थिए। रिपोर्टका अनुसार “आमिरलाई किरणले निर्देशन गरेको फिल्मको कथा सुनाउँदा स्क्रिप्ट मन पर्यो र तुरुन्तै निर्माताको रूपमा बोर्डमा आउन राजी भए। सम्बन्ध विच्छेद पछि पनि दुवै यस फिल्ममा साथी र सहयोगीका रुपमा रहने भएका छन् ।

फिल्मको पहिलो चरणको छायाँकन २० जनवरीसम्म हुनेछ, त्यसपछि बाकि छायाँकन महाराष्ट्रका विभिन्न सहरहरूमा सुचारु हुनेछ। किरणले अप्रिलसम्ममा सुटिङ पूरा गर्ने योजना बनाएका छन् ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री जाह्नवीको अहिलेसम्म नदेखिएको यस्तो रुप, भाइरल हुनकै लागि यतिसम्म गरेकी हुन् ?