नेपाली फिल्म ‘चपली हाइट ३’ हेर्न हलसम्म आएनन् दर्शक, फिल्म निर्माताले गरे फिल्म नचलेको स्वीकार !

विभिन्न कारणले प्रदर्शनमा आउन नसकेको निर्माता अर्जुन कुमारको फिल्म ‘चपली हाइट’ यति बेला प्रदर्शनमा आएको छ फिल्म गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । यस भन्दा पहिलेको सिरिजमा राम्रै प्रदर्शन गर्न सफल भएको फिल चपली हाइटको सिरिज भएको हुँदा फिल्म हेर्नको लागि दर्शको भिड लाग्ने निर्माताको अपेक्षा थियो ।

अहिले निर्माताको अपेक्षा अनुसारको नतिजा देखिएको छैन । फिल्म हेर्नको लागि हालमा दर्शको खासै चहलपहल देखिएको छैन । यस भन्दा पहिले भारतीय फिल्मसँग भिड्न नसक्ने भन्दै फिल्म ‘चपली हाइट’ का निर्माता अर्जुन कुमारले फिल्मको रिलिज मिति सारेका थिए । यस भन्दा पहिले भारतीय फिल्म ‘पुष्पा’ सँग नेपाली फिल्म चपली हाइट भिड्ने नसक्ने भन्दै निर्माता एक सूचना सँगै फिल्मको रिलिज मिति सारेका थिए ।

फिल्म निर्माता अर्जुन कुमारले हालमा फिल्म हेर्नको लागि दर्शक नआएको कुरालाई स्वीकार गर्दै उनले भने ‘अहिलेको समयमा केही सामाजिक सञ्जालले कोरोनाको कारण हलहरु बन्द भएको हल्ला फैलाएका पनि छन् । भने केही मानिसलाई कोरोनाको डर पनि भएको हुनसक्छ ।’ उनले अन्तमा भनेका छन् । ‘मलाई फिल्म नचले पनि यति धेरै कमाइ गर्यो भनेर झुटको कती गर्नु छैन ।’

यस फिल्ममा दीपाश्री निरौला,आमिर गौतम, स्वस्तिमा खड्का, अर्पण थापा, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८११:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सम्बन्ध विच्छेद भएको दोस्रो श्रीमती र आमिर फेरी एक साथमा ? सुभ चिन्तकलाई खुसीको खबर !