माघ ७ गतेसम्मको राशिफल : यी राशिको जीवनमा सानोतिनो कचिङ्गलले बिगार गर्नेछ, काममा बाधा आउनेछ

♦ ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताको राशिफल : (माघ १ देखि ७ गतेसम्म)

• साताको चाड : – १ गते मकर सङ्क्रान्ति, उत्तरायण सुरु, माघी पर्व, (घ्योचाकु सल्हु) । शनि प्रदोष व्रत । २ गते भूकम्प सुरक्षा दिवस । ३ गते पूर्णिमा व्रत, स्वस्थानी व्रत र माघ स्नान सुरु, (मिलापुन्ही) ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

काममा बाधा दिनेको सङ्ख्या अझैँ समाप्त भएको छैन। त्यस्तै स्वास्थ्यको स्थिति पनि गडबड भइरहला तैपनि तपाईंको काम गर्ने उत्साह भने कत्ति पनि घट्ने छैन। विशेषगरी व्यापारिक काममा सफलता छ। गणेशको आराधना गरिरहनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । आर्थिक स्थिति बलियो खालको रहला । घरपरिवारमा सानोतिनो कचिङ्गल भए पनि खास बिगार गर्ने देखिँदैन । भगवतीको नित्य दर्शन गरेमा त्यस्तो कचिङ्गललाई हटाउन सकिन्छ ।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुका दिनमा नै भोजभतेर पर्नुका साथै इष्टमित्रसँग भेटघाट भइरहला । स्वास्थ्यको स्थिति भने मध्यम खालको रहनेछ । त्यस्तै आफ्नो र परिवारको स्वास्थ्य सम्बन्धमा केही खर्च पनि भई नै रहला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सुरुका दिनमा खर्च निकै हुने देखिन्छ । विशेष गरेर यात्राकै विषयलाई लिएर खर्च हुने सम्भावना छ । पैसाको बचत देखिँदैन । परिवारको चिन्ता पनि त्यत्तिकै देखिन्छ । उत्तराद्र्ध मात्रै राम्रो खालको छ । हाललाई इन्द्रायणीको दर्शन गरिरहनुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

राम्रो खालको साता छ । बाधा दिनेहरू भए पनि तिनीहरूसँग मुकाबिला गर्नसक्ने क्षमता छ । शिक्षाको क्षेत्रमा विशेष प्रगति गर्नु हुनेछ । प्राविधिकखाले कामले पनि राम्रैसित आम्दानी गराउला । सोमबार र मङ्गलबार भने निकै खर्च हुन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

खर्च बढे पनि चिन्ता मान्नु पर्दैन । आयका स्रोत पनि बलिया छन् र तिनले तपाईंको आवश्यकता पूरा गर्न मद्दत दिनेछन् । व्यापार व्यवसायबाट मनग्गै आम्दानी हुनेछ । साहस कत्ति पनि घट्ने छैन । जागिरको विषयमा मध्यम स्थिति रहला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सम्मान र प्रतिष्ठा घटे पनि चिन्ता मान्नु पर्दैन । असल काम गर्नतिर मनको प्रवृित्त जाला । विशेषगरी धार्मिक खाले कामले बढी समय लिनेछ । मित्रवर्ग र परिवारबाट राम्रै सहयोग पाउनु हुनेछ । नोकरीतिर भने विशेष उपलब्धि हुने देखिँदैन।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सुरुका दुई दिन राम्रा खालका छैनन् । त्यसैले शनिबार र आइतबारका दिनमा ठूलो खालको लगानी नगर्नुहोस् । सोमबारदेखि सुधार हुँदै जाला । सानोतिनो बाधा आए पनि त्यसलाई समाधान गर्न सकिनेछ । व्यापारको कामबाट राम्रै उपलब्धि होला।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

साताको मध्य भागमा चिन्ता परे पनि आत्तिनुपर्ने छैन । विशेषगरी खर्चको मात्रा अत्यन्त बढ्न सक्छ । छोराछोरीको शिक्षाको सन्दर्भलाई लिएर खर्च गर्नुपर्ने छ । स्वास्थ्यको स्थिति मध्यम रहला । विवाह वा प्रेमसम्बन्धी विषयमा प्रगति भए पनि ठोस निष्कर्ष निक्लने छैन।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सानातिना बाधा प्रशस्त पर्नेछन् । परस्परमा विवाद भइरहला । मित्रबाट विशेष सहयोग देखिन्न । आफू एउटैले बढी काम भ्याउनु पर्नेछ । त्यसैले मनमा खिन्नता भइरहला । १ गते बिहान नारायण र शिवजी दुवैको दर्शन गर्नुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मध्यम खालको साता छ । आय र व्यय बराबर हुने भएकाले विशेष बचत होलाजस्तो देखिन्न । शिक्षाको क्षेत्रमा राम्रै प्रगति हुनेछ । व्यापारसम्बन्धी काममा हाल प्रगति देखिन्छ । मित्रवर्गबाट सहयोगको अपेक्षा नगर्नुहोस् । पीपलमा जल हालिरहनुहोस्।

• मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साताको सुरुमा स्वास्थ्य त्यति राम्रो रहने छैन । पेटमा गडबडी हुनेछ । सोमबारको बेलुकीदेखि मात्र सुधार भएर जाला । आर्थिक स्थिति मध्यम खालको रहनेछ । व्यापार, व्यवसायबाट आर्थिक लाभ गरिरहनु हुनेछ । पारिवारिक सुख भने हाल मध्यमखाले हुनेछ।

प्रकाशित : शनिबार, माघ ०१, २०७८१३:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिका युवतीहरु हुन्छन् सारै सौभाग्यशाली