यी ३ राशिका युवतीहरु हुन्छन् सारै सौभाग्यशाली

काठमाडौँ : युवतीहरुको मामिलामा केही राशिका युवतीलाई धेरै भाग्यमानी मानिएको छ। ज्योतिषशास्त्र अनुसार जुन युवतीको राशिमा जल तत्व र वायु तत्व प्रबल हुन्छ, तिनी धेरै सौभाग्यशाली हुन्छन्। तिनीहरुले आफ्नो कार्य अत्यन्तै राम्रोसँग पूरा गर्छन्। हरेक जिम्मेवारीमा खरो उत्रने प्रयास गर्छन्। यी राशिका बारेमा जान्नुहोस्।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

ज्योतिष शास्त्र अनुसार मिथुन राशिलाई वायु तत्व प्रबल राशि मानिन्छ। मिथुन राशिका व्यक्ति धेरै धैर्यवान र गम्भीर स्वभावका हुन्छन्। यिनीहरु हरेक काम सुन्दर एवं कलात्मक ढङ्गले गर्न रुचाउँछन्। यिनले घरदेखि अफिससम्म आफ्नो प्रतिभाको दममा सफलता प्राप्त गर्छन्। मिथुन राशि राशि चक्रको तेस्रो राशि हो।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

राशि चक्रमा तुला राशिलाई सातौँ राशि मानिन्छ। ज्योतिष शास्त्र अनुसार तुला राशि वायु तत्वको राशि हो। तुला राशिका युवतीहरुले हरेक जिम्मेवारी सफलतापूर्वक पूरा गर्छन्। यिनीहरुलाई अरुलाई निर्देशन दिन मन पराउँछन्। यिनमा जटिलभन्दा जटिल कार्य गर्ने साहस हुन्छ। यिनीहरु कुशल बोस पनि बन्छन्। घरको जिम्मेवारी पनि राम्ररी निर्वाह गर्छन्। यिनले समाजमा राम्रो मान-सम्मान प्राप्त गर्छन्।

• मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

ज्योतिष शास्त्र अनुसार मीन राशिलाई जल तत्वको राशि मानिन्छ। मीन राशिका युवतीहरु आफ्नो लक्ष्यप्रति गम्भीर हुन्छन्। यिनीहरुले छिट्टै खतरा महसुस गर्छन्। हरेक काम समयमै पूरा गर्ने सामर्थ्य राख्छन्। अनुशासन पालन गर्न धेरै रुचाउँछन्। उनीहरु धेरै भावुक हुन्छन्, जसकारण कहिलेकाहीँ समस्याको सामना गर्नुपर्ने हुन्छ।

प्रकाशित : शनिबार, माघ ०१, २०७८१६:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि माघ २ गते आईतबार,कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !