नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् अभिनेत्री ज्याकलिन ? अभिनेत्रीको हरायो खुसी !

एजेन्सी- अहिलेको समयमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएसँगै अभिनेत्री समस्यामा परेकी छिन् । सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक भएसँगै विवादमा परेकी अभिनेत्रीको अहिले सुख शान्ति हराएको छ।

लामो समयदेखि ज्याकलिन सुकेश चन्द्रशेखर केसमा फसेकी छिन् । उनको र सुकेश सँगको गोप्य तस्वीर भाइरल भएपछि मानिसहरुबाट विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् ।

अभिनेत्रीको यस्तो खबरपछि ज्याकलिनले सामाजिक सञ्जालमा एउटा भिडियो पनि शेयर गरेकी छिन्, जसमा उनले उनी अहिले नराम्रो समयबाट गुज्रिरहेको र त्यसैले यो समयमा सबैले साथ दिन भनेकी थिइन् ।

अहिले ज्याकलिन दक्षिण भारतीय सिनेमाका अभिनेता नागार्जुनको फिल्मबाट बाहिरिएको खबर बाहिर आएको छ । सन २०२१ को अन्त्य अभिनेत्री ज्याकलिनलाई समस्या बनेर आएको छ । भने सन २०२२ मा पनि ज्याकलिनका लागि समस्या हुने देखिन्छ ।

यस्तो खबर सार्वजनिक भएसँगै अभिनेत्री ज्याकलिन फर्नान्डिजले नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट निक्लिएको खबर भारतीय सञ्चार मध्यममा आएको छ । ज्याकलिनले फिल्म छाड्नुको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फोटो हेरेर नै जिउ शिरिङ्ग पार्ने खाले करिश्माका अवतार, ह:_-टनेसले मच्चाउछिन् तहल्का