हरायो फिल्म ‘ए मेरो हजुर ४’ को टिजरमा अनमोलले पाएको मेगा-स्टारको उपाधि !

पछिल्लो समयमा भारतीय फिल्म क्षेत्रमा जस्तै नेपाली फिल्मका अभिनेता तथा अभिनेत्रीलाई पनि कुनै न कुनै उपाधि दिइने गरिन्छ । त्यस्तैमा नायक राजेश हमाललाई महानायकको उपाधि दिएकोमा केही समय पहिले केही कलाकार तथा पत्रकार विवादमा आएका थिए । त्यस्तै फिल्म ‘आप्पा’ बाट दयाहाङ राई र ‘लप्पन छप्पन २’ को ट्रेलरबाट सौगात मल्ललाई ‘सुपरस्टार’ को उपाधि दिएको थियो ।

माघ ३० गतेबाट नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ । टस भन्दा पहिलेको सिरिज ‘ए मेरो हजुर ३’ मा मेगा स्टारको उपाधि पाएका अनमोल केसी अहिले चौथो सीरिजामा भने उनले सिरिज ३ मा पाएको उपाधि गुमाएका छन् । जब फिल्म’ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको थियो त्यस समयमा अनमोललाई मेगास्टारको उपाधि दिएको थियो ।

जब नायक अनमोललाई मेगास्टारको उपाधि दिएको थियो त्यस समयमा केही मानिसले अनमोललाई दिएको उपाधिको स्वागत गरेका थिए भने केही मानिसले अभिनेता अनमोललाई अहिले नै यो उपाधि दिने समय भइनसकेको बताएका थिए । केही समय पहिले महानायाकको चक्करमा लाग्दा विवादमा फसेको देखेर फिल्म निर्माण टिमले यस पटक अनमोललाई मेगास्टारको उपाधि भिराउन नचाहेको देखिन्छ ।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् अभिनेत्री ज्याकलिन ? अभिनेत्रीको हरायो खुसी !