यस्तो बन्यो फिल्म ‘ए मेरो हजुर ४’ को टिजर, अनमोल र सुहानाको प्रेम कथा !

चर्चित नेपाली फिल्मको सिरिज ‘ए मेरो हजुर ४’ टिजर सार्वजनिक भएको छ । अभिनेत्री झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ ले आफ्नो प्रदर्शन मिति तोके सँगै फिल्मको टिजर पनि सार्वजनिक गरेको छ । यस अघि फिल्म यही वर्षको चैत महिनाको २५ गते रिलिज हुने भनिएको थियो तर पछि फिल्म नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते सार्वजनिक हुने भएको छ ।

फिल्मको सार्वजनिक टिजरमा निकै सुन्दर दृश्यको साथमा अभिनेता अनमोल र अभिनेत्रीको मनछुने प्रेम संवादले टिजर निकै आकर्षक भएको छ। सार्वजनिक टिजरमा अनमोल र सुहानको रोेमान्स र विछोेडको कथा देख्न सकिन्छ । फिल्म ‘ए मेरो हजुर ४’ सुनिलकुमार थापाको निर्माण र अभिनेत्री झरना थापाकोे निर्देशन रहेको छ ।


यस भन्दा पहिले फिल्म ‘ए मेरो हजुर ४’ को निर्माण टिमले फिल्म चैत २५ गते प्रदर्शनमा आउने भनेको थियो । पछिल्लो समयमा आएर फिल्मलाई एक साता पोष्टपोन्ड गर्दै वैशाख १ गते पुर्याइएकोे छ ।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरायो फिल्म ‘ए मेरो हजुर ४’ को टिजरमा अनमोलले पाएको मेगा-स्टारको उपाधि !