अल्लु अर्जुनको राजसी छाटकाट : आफ्नै प्राइभेट जेट र १०० करोडको बङ्गला

एजेन्सी : दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा धमाका मच्चाएको छ। अझ कोरोना भाइरसको महामारी नपरेको भए फिल्मले अझ बढी कलेक्सन गर्थ्यो। फिल्मले दक्षिण भारतमा पुराना रेकर्ड तोड्दै नयाँ कीर्तिमानी कायम गरेको छ। हिन्दीमा भाषामा पनि फिल्मलाई प्रचारप्रसार बिना प्रदर्शन गरिएको थियो। स्पाइडरम्यान र ८३ जस्ता फिल्मले खुल्ला चुनौती दिएपनि पुष्पाले बिस्तारै हलहरु कब्जा गर्न थाल्यो।

अल्लू अर्जुनले आफ्नो लोकप्रियता बढाउन बलिउडमा कदम राख्ने विचार गरेका थिए। तर बलिउडमा काम नगरी नै उनले यत्तिको ख्याति पाए।

अल्लू अर्जुनको जीवनशैली प्राय: चर्चाको केन्द्रमा रहन्छ। उनी विलासी जीवन बिताउन रुचाउँछन्। उनी कारको सौखिन हुन् र उनीसँग करौडौं पर्ने कारहरु छ। उनीसँग आफ्नै प्राइभेट जेट पनि छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अल्लू अर्जुनको घर अत्यन्तै शानदार छ। अल्लू अर्जुनको हैदराबादस्थित घरको मूल्य १०० करोड भारुभन्दा बढी रहेको बताइएको छ।

अल्लू अर्जुनको भ्यानिटी भ्यानको पनि प्राय: चर्चा हुने गर्छ, जसमा तमाम सुविधाहरु उपलब्ध छन्। जसको मूल्य करौडौं रहेको बताईएको छ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१७:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले परिवारको साथमा रमाउँदै सार्वजनिक गरिन् यस्ता तस्वीर, तस्वीर सहित !