रोचक: वैज्ञानिकहरुको अनौठो दाबी, सन २१०० सम्ममा मानिसको उमेर १८० वर्षसम्म हुनसक्ने

अहिलको समयमा विकास र प्रविधि बढेसँगै मानिस हरुको जीवनशैलीमा निकै परिवर्तन आएको छ । तर पहिले पहिलेको मानिसको औसत आयु बढी हुने गर्थ्यो भने अहिलेको मानिसको औसत आयु ६०-६५ वर्षमा झरेको छ । यसै समयमा केही वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ-नयाँ प्रयोग गरिरहेका छन्।

यी सबै प्रयासहरु बीचमा एक वैज्ञानिकले यस्तो दाबी गरेका छन् । जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । अब मानिस १८० वर्षसम्म बाँच्न सक्ने वैज्ञानिकहरूले दाबी गरेका छन्, तर यो अहिले नै हुन् सक्दैन । वैज्ञानिकको दाबी अनुसार सन २१०० सम्ममा मानिसको उमेर १८० वर्ष हुनसक्छ । यस शताब्दीको अन्त्यसम्ममा मानिस १३० वर्षसम्म बाँच्ने वैज्ञानिकहरूले बताएका छन् ।

यो चकित पार्ने दाबी क्यानडाको एच-ईसी मो-न्ट्रियलका प्रोफेसर लियो बेल्जिलले गरेका छन् । उनी भन्छन् कि सन् २१०० सम्ममा अहिले राखिएको सबैभन्दा जेठो मानिसको किर्तिमान तोडिन सक्छ । अहिले सबैभन्दा धेरै समय बाँच्ने कीर्तिमान एक फ्रान्सेली महिलाको नाममा छ जसको नाम जीन क्यालमेन्ट हो । सन १९९७ मा १२२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

मानिसको औसत आयु बढाउने प्रयास भइरहँदा मिडिया रिपोर्टमा भनिएको छ कि यदि मानिस लामो समयसम्म बाँच्यो भने उसलाई धेरै स्वास्थ्य समस्याहरू हुन्छन्। मानव शरीरका धेरै अंगहरूले पनि काम गर्न छोड्छ। यस्तो अवस्थामा व्यक्तिको स्वास्थ्य उपचारमा  खर्च बढ्छ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१७:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

६७ वर्षदेखि ननुहाएका यी ८७ वर्षका वृद्ध रहेछन् पूर्ण स्वस्थ, स्वास्थ्य विज्ञ भए चकित !