गाईलाई यस प्रकारको चस्मा लगाइदिँदा खुसी हुनुको साथै धेरै दूध दिएको दाबी !

कुनै पनि गाई भैँसी पाल्ने किसान आफूले पालेको गाईबस्तुबाट बढीभन्दा बढी दूध उत्पादन गरी बजारमा बेचेर मनग्य आम्दानी गर्न चाहन्छन् । यसका लागि किसानले आफूले पालेको गाई भैंसीलाई उत्तम खुराक खुवाउने गर्दछ । त्यस्तै बढी मात्रामा दुध दिने बस्तुलाई बजारमा बढी मुल्यमा बिक्रि पनि गर्न पनि सकिन्छ ।

टर्कीका एक किसानले आफ्नो गाईबाट बढी मात्रामा दूध उत्पादन गर्नको लागि एक नयाँ प्रविधिको सहारा लिएका छन् । किसानले गाईलाई हाई-टेक बनाएका छन् । यसबाट किसान लाभान्वित भएका छन् कि अहिले आफ्नो गाईले ५ लिटर बढी दूध दिन थालेका छन् । टर्कीको अक्सायरा सहरका किसान इज्जत कोकाकले आफ्नो गाईलाई भर्चुअल रियालिटी चस्मा लगाइदिएका छन् ।

चश्मा लागेपछि गाईको आँखा अगाडि खुला हरियो मैदानको दृश्य आउन थाल्यो, जसका कारण गाईलाई ठूलो मैदानमा चरिरहेको महसुस भयो । तर यथार्थमा त्यस्तो होइन, किसानले आफ्नो घर नजिकै एक सानो गोठमा बाँधेर राख्छन् । अन्य किसानलाई यो प्रविधिको फाइदा थाहा भएपछि उनीहरूले पनि यसलाई अपनाए । गाई र भैँसीले हरियो खेत देख्दा पनि औसतभन्दा बढी दूध दिने गरेको एक अध्ययनले देखाएको छ।

यस प्रविधि अनुसार गाईको आँखामा भि-आर चस्मा लगाउँदा धेरै फाइदा भएको त्यहाँको किसानले बताएका छन् । जसका कारण उनीहरुको दूध उत्पादन बढेको छ । गाईले दैनिक २२ लिटर दूध दिने गरेको अहिले २७ लिटरसम्म दूध दिने किसानले बताए । जनावरहरूले भि-आर चश्मा मार्फत हरियो मैदान देख्छन् र जुन देखेर उनीहरूलाई हरियो  मैदानमा चरिरहेको महसुस हुन्छ र उनीहरूले आफ्नो दूध अझ बढाउँछन्।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोचक: वैज्ञानिकहरुको अनौठो दाबी, सन २१०० सम्ममा मानिसको उमेर १८० वर्षसम्म हुनसक्ने