आज पुत्रदा एकादशीको राशिफल : यी राशिको सुख-सुविधा बढ्नेछ, यी राशिलाई अशुभ छ आजको दिन

आज पुष २९ गतेको पञ्चाङ्ग : –

•• दिन – बिहीवार •• नक्षत्र – कृत्तिका , १८:३८ बजे उप्रान्त रोहिणी •• तिथि – एकादशी , २०:३६ बजे उप्रान्त द्वादशी •• करण – वणिज ७:३८ बजेदेखि भद्रा , २०:३६ बजे उप्रान्त कौलव •• योग – शुभ , १४:३३ बजे उप्रान्त शुक्ल •• पौष २९, २०७८, बिहीवार •• 13 January, 2022 •• एकादशी, पौष शुक्लपक्ष •• पोहेलाथ्व, ११४२ ने.सं. •• सूर्योदय(sunrise) – ६:५८ •• सूर्यास्त(sunrise) – १७:२७ ••

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शुभ कार्यको चर्चा चल्नेछ । लामो समय देखि टाढा रहेका आफन्तसँग भेट हुनेछ । परिवारका सदस्यसँग महत्वपूर्ण निर्णय हुनेछ । व्यवसायमा सन्तोषजनक लाभ हुनेछ । ससुरालीको तर्फाबाट लाभ हुनेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

विदेशमा राहेका आफन्तको खबर प्राप्त हुँदा मन प्रसन्न हुनेछ । वैदेशिक योजनमा रहेकाहरुको लागि शुभ हुनेछ । लामो यात्रा हुनेछ। धार्मिक स्थलको भ्रमण हुनेछ । मनमा शान्ति छाउने छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

नयाँ कार्यको थालनी गर्न र कुनै पनि रोगको उपचार गर्नको लागि समय उचित रहेको छैन । क्रोधलाई नियन्त्रण नगर्दा समस्यामा पर्न सकिन्छ । खर्च बढ्ने छन् । आर्थिक आभाव हुने प्रवल सम्भावना रहेको छ । नकारात्मक विचारबाट टाढा रहनुहोला ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

रमाइलोमा दिन बेतित हुने हुँदा मन प्रफुलित हुनेछ । आफन्तबाट काममा सहयोग प्राप्त हुनेछ । व्यवसाहिक क्षेत्रमा लाभ हुनेछ । मान प्रतिष्ठा बढ्ने छ । स्वास्थ्यमा सुधार हुनेछ । रमाइलो यात्रा हुनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मध्यम फलादाही दिन रहेको छ । परिवारका सदस्यसँग बोलीमा संयमता अपनाउनु होला अन्यथा विवादमा पर्न सकिने छ । कार्य सम्पादनमा वाधा सिर्जना हुनसक्छ । साथि भाइको सहयोग मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कुनै पनि कलह तथा विवादबाट टाढा रहनुहोला । आकस्मिक खर्च बढ्ने छ। पढाइमा वाधा सिर्जना हुनसक्छ । आफन्त सँगको भेटले मन प्रसन्न हुनेछ । पेट सम्बन्धि समस्याले सताउने छ । आर्थिक लेन-देनमा सचेत रहनुहोला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शारीरिक स्फूर्ति कम हुनेछ । मन स्थिर हुने छैन। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्तसँग विवाद हुनसक्छ । दिउसो पछी स्वास्थ्यमा सुधार हुनेछ । पुराना साथि भेट हुनेछन् । मन प्रसन्न हुनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

नयाँ कामको थालनीको लागि दिन शुभ रहेको छ । मन प्रसन्न रहनेछ । आर्थिक लाभ तथा वृद्धिको योग बनेको छ । साथि भाइसँग रमाइलो यात्रा हुनेछ । काममा सफलता मिल्नेछ । बाबुबाट लाभ हुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

दिन मिश्रीत फलदाही रहेको छ । मनमा दुविधा बढ्ने छन् । काममा सहि निर्णय लिनको लागि कठिन हुनेछ । कामको बोझ बढ्ने छ । अनावश्यक खर्च हुनेछ । सोचे अनुसारको साफलता मिल्ने छैन ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

धार्मिक तथा मांगलिक कार्यमा सरिक भइने छ । पारिवारिक वातावरण मांगलिक हुनेछ । आफन्तबाट उपाहार प्रप्ता हुनेछ । कामबाट उच्च अधिकारी प्रसन्न हुनेछन् । मन प्रफुलित हुनेछ । शारीरिक कष्ट कम भएर जानेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनेछ । पारिवारीक वातावरणमा कलह हुनेछ । आर्थिक लेन देनमा सचेत रहनु होला । शत्रु सक्रिय हुनेछन् । बोलीमा संयमता अपनाउनु होला अन्यथा विवादमा फस्न सकिनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आकस्मिक धन लाभ हुनेछ । सन्तानबाट शुभ समाचार मिल्नेछ । पुराना साथि भेट हुनेछन् । मन प्रसन्न हुनेछ । सामाजिक कार्यमा सरिक भइने छ। सामाजिक मन प्रतिष्ठा बढ्ने छ । व्यवसाहिक क्षेत्रमा लाभ हुनेछ । रमाइलो यात्रा हुनेछ ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१९:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको २ दिन अत्यन्तै शुभ हुनेछ यी २ राशिलाई, हुनेछ लाभै लाभ: कमाउने छन् खुब धन !