अर्जुन र मलाइकाको ४ वर्ष देखिको सम्बन्ध भयो अन्त्य ? नायिका घरबाट बाहिर निस्किनन् !

बलिउड अभिनेता अर्जुन कपूर र मलाइकाले उनीहरुको प्रेम सम्बन्धलाई कहिले पनि सार्वजनिक रुपमा स्वीकार गरेका छैनन् । तर उनीहरुको जोडीलाई बलिउडको उत्कृष्ट जोडीको रुपमा लिन सकिन्छ । यो दुई बिचामा ठुलै उमेर अन्तर भए पनि यिनीहरुको केमे-स्ट्री र सम्बन्धलाई हेर्दा कहिले पनि उनीहरुको उमेर अन्तर देखिदैन ।

सधैँ सामाजिक सञ्जाल तथा मिडियको अगाडी देखिदा मिलनसार देखिने यो जोडीको अहिले ब्रेक-अपको खबरले सामाजिक सञ्जाल तातेको छ । मलाइका र अर्जुनले अहिलेसम्म आफ्नो सम्बन्धमा हरेक कठिनाइको सामना गरेका छन् । तर अहिले यी दुईबिच केही राम्रो नभएको बताइन्छ र यस्तो अवस्थामा उनीहरुको अलग भएको अनुमान लगाइएको छ ।

यस्तो खबरले दुबैका फ्यानका लागि ठूलो झट्का लाग्न सक्छ । केही दिनदेखि दुवैले भेट नगरेको बताइएको छ । मलाइका पनि पछिल्लो ६ दिनदेखि घरबाट बाहिर निस्केकी छैनन् । प्राय: विभिन्न कार्यक्रममा सँगै देखिने यी दुई स्टार एक साथमा नदेखिएको केही दिन भइसकेको बताइएको छ । सामाजिक सञ्जालमा विभिन्न खबर आए पनि यी दुई स्टारबाट अहिलेसम्म कुनै पनि जानकारी आएको छैन ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री ज्याकलिन देखिइन् यस्तो रुपमा, तस्वीर भाइरल नगर्दिन आग्रह !