बलिउडमा यस फिल्म मार्फत डेब्यु गर्दै विपिन कार्की

नेपाली चलचित्र क्षेत्रको चर्चित कलाकार विपिन कार्की बलिउड फिल्ममा डेब्यु गर्ने भएका छन् । नेपाली फिल्म क्षेत्रमा अब्बल अभिनय गर्न सफल कलाकारको सूचिमा पर्ने साथै करोडौँ नेपाली जनताको मन मुटुमा बस्न सफल कलाकार विपिन कार्की बलिउडमा डेब्यु गर्ने खबरले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

विपिन नियुक्त भएको बलिउड फिल्मको नाम ‘एनिमल’ हो । विपिनले सामाजिक सञ्जालसँग कुरा गर्ने क्रममा उनी बलिउड फिल्म ‘एनिमल’ मा नियुक्त भएको बताएका छन् । उनले भने कुनै कागजी प्रक्रिया नभए पनि फिल्म निर्माण टिमले विपिनलाई ढुक्क हुन् भनेका छन् ।

बलिउड फिल्म ‘एनिमल’ मा बलिउड स्टार अनिल कपुर, रणवीर कपुर लगायतका स्टारहरुको उत्कृष्ट अभिनय रहने जनाइएको छ । फिल्मलाई बलिउड फिल्म निर्माता सन्दीप रेड्डीले निर्देशन गर्ने भएका छन् । फिल्मको सुटिङ अगस्टमा हुने भनिएको छ । यस भन्दा पहिले पनि नेपालका थुप्रै कलाकारले बलिउड फिल्ममा अभिनय गरिसकेका छन् ।

फिल्म ‘पशुपति प्रशाद’ देखि ‘शेल्फी किंग’ सम्म आउँदा विपिनको उत्कृष्ट अभिनय देख्न सकिन्छ । खबर अनुसार विपिनले नेपाली फिल्म ‘शेल्फी किंग’ गरेको अभिनयबाट प्रभावित भै उनलाई बलिउडमा अभिनय गर्ने अवसर प्राप्त भएको उल्ल्लेख छ ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१६:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

को छन् ह:_*ट : मलाइका अरोडा या श्वेता तिवारी या ईशा गुप्ता ? फोटो हेरेर आफैँ गर्नुस् निर्णय