यस कुराबाट चिन्तित आमिर खानकी छोरीले राखिन् १५ दिनको व्रत !

बलिउड अभिनेता आमिर खानको छोरी आइरा खान पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । सामाजिक सञ्जालमा सक्रिय भएसँगै पछिल्लो समयमा आइरा विभिन्न कारणले सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् । कहिले आइरा उनको दैनिक एक्स-साइजको भिडियो तथा कहिले उनको प्रेमी सँगको तस्वीरको कारण चर्चामा आउने गरेकी छिन् ।

त्यस्तै पछिल्लो समयमा उनका बाबु तथा आमिर खानको तेस्रो विवाहको विषयमा सामाजिक सञ्जालमा भएको चर्चाको विषयमा आइराले दिएको प्रतिक्रिया निकै भाइरल भएको थियो । हालै उनले आफ्नो इन्स्टाग्राम ह्या-न्डलमा आफू १५ दिनको व्रत बसेको बताएकी छिन् । यसका साथै उनले आफ्ना फ्यानहरूसँग धेरै विशेष कुराहरू सेयर गरेकी छिन् ।

आइरा खानले अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो प्रेमीसँगको तस्वीर सेयर गरेकी छिन् । तस्वीर सेयर गर्दै उनले क्याप्सनमा लेखेकी छिन्। ‘हालै मैले १५ दिनको व्रत बसेकी छु जसले मलाई तौल घटाउन मद्दत गर्छ । जीवनको प्रेरणा दायकको सन्दर्भमा केही गर्न सकेकी थिइन् । जीवनमा निकै सक्रिय भए पनि विगत ४–५ वर्षदेखि निष्क्रिय भएँ । यस क्रममा मेरो तौल २० केजी बढ्यो’ साथै आइराले उनको तौल घटाउनको लागि आगामी क्रियाकलापको बारेमा पनि उल्लेख गरेकी छिन् ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आलियादेखि विद्या बालनसम्मको लोभलाग्दो ब्याकलेस अवतार, हेर्नुस् तस्बिर