यी २ राशिका व्यक्तिहरु अल्छी स्वभावका कारण हुन्छन् बर्बाद, यसै कारणले गुमाउँछन् सब थोक

आलस्यता मानिसको सबै भन्दा ठूलो शत्रु हो । अल्छी मानिसहरूले सधैँ हरेक स्थानमा असफलताको सामना गर्नुपर्ने हुन्छ । आचार्य चाणक्यका अनुसार जुन मानिस समय अनुसार घुलमिल हुन् सक्दैन, उसले जीवनमा केही हासिल गर्न सक्दैन । अल्छी मानिसले आजको काम भोलिका लागि साँच्ने गर्छ। जसका कारण उनको हातमा असफलता मात्रै रहन्छ । ज्योतिष शास्त्रका अनुसार आज हामी तपाईलाई ती दुई राशीका बारेमा बताइरहेका छौँ जो निकै अल्छी हुन्छन् ।

मेष राशि

ज्योतिषीय मान्यता अनुसार मेष राशिको स्वभाव अल्छी हुन्छ। प्रायः यी व्यक्तिहरूले आजको काम भोलिको लागि साँच्ने गर्छन्। यस्ता मानिसले आफ्नो कुनै पनि काम समयमै गर्दैनन् साथै कुनै पनि काममा गर्नमा यी राशिका मानिसको आलटाल गर्ने स्वभावका हुन्छन् । मेष राशिका मानिसहरू समयमै आफ्नो प्रतिभा प्रयोग गर्दैनन्। यस्तो अवस्था मेष राशिको व्यक्तिको कुण्डलीमा मंगल कमजोर भएमा ग्रहका कारण यस्तो हुन्छ । यस्तो अवस्थामा यस राशिका व्यक्तिले अशुभ मंगलको उपाय अपनाउनु पर्छ । यसका लागि मंगलबारको दिन हनुमानजीको पूजा गर्नु फलदायी साबित हुन्छ।

वृश्चिक राशि

यस राशिका व्यक्तिहरू फुर्तिलो र साहसी हुन्छन्। तर यिनीहरु भित्र-भित्र आलस्यताले भरी पूर्ण हुन्छन् । जसको कारण यी राशिको मानिसले जीवनमा विभिन्न समस्या भोग्ने गर्छन् । यस राशिका मानिस धेरै पटक आफ्नो मामिलामा अल्छी र लापरबाही हुन्छन् । जसको कारण यी राशिका मानिसले व्यक्तिगत जीवनमा विभिन्न समस्याको समान गर्नु पर्ने हुन्छ । वृश्चिक राशिमा अशुभ मंगलको कारण समस्या आउनेछ । यस्तो अवस्थामा मंगलबारको दिन हनुमानजीको पूजा र व्रत राख्नु शुभ मानिन्छ ।

प्रकाशित : बुधबार, पुष २८, २०७८११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा शुक्र ग्रहको ठूलो उथलपुथल: यी दुई राशि हुनेछ अत्यन्तै शुभ !