ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, ऐश्वर्य, सुख-समृद्धि र विलासी जीवनको कारक मानिन्छ। शुक्र ग्रहले यहि जनावरी ३० तारिखको दिन आफ्नो चाल परिवर्तन गर्दैछ। अहिले शुक्र धनु राशिमा विराजमान छ, जहाँ शुक्र प्रतिगामी अवस्थामा छ। ३० डिसेम्बर २०२१ मा शुक्रले धनु राशिमा प्रवेश गरेको थियो।
जनावरी ३०, २०२२ मा शुक्र प्रतिगामीबाट सर्दैछ। शुक्र ग्रहको चाल परिवर्तनको प्रभाव धेरै राशिहरूमा पर्नेछ। जान्नुहोस् कुन राशिमा शुक्र ग्रहको सबैभन्दा बढी प्रभाव रहनेछ।
शुक्र मार्गीको प्रभाव
जनावरी ३० तारिख आइतबार शुक्र ग्रह धनु राशिमा गोचर हुँदैछ। ज्योतिष शास्त्रका अनुसार शुक्र ग्रह मार्गी अवस्थामा रहेको समयमा सुख-समृद्धि, ऐश्वर्य, रोमान्टिक र विलासी जीवनमा वृद्धि हुने गर्दछ। शुक्र वृष र तुला राशिको शासक ग्रह हो। जबकि शुक्र कन्यामा कमजोर र मीन राशिमा बलियो हुन्छ। यस्तो अवस्थामा जब शुक्रको चाल परिवर्तन हुन्छ तब यी राशिहरु प्रभावित हुन्छन्।
यी राशिलाई रहनेछ शुभ
धनु राशिको स्वामी सूर्य हो। सूर्यको शुक्रसँग शत्रुताको भावना छ। जसका कारण धनु राशिका मानिसहरुमा शुक्र मार्गको विपरीत प्रभाव पर्न सक्छ। जबकि वृष र तुला राशिका लागि शुभ फलदायी रहनेछ। जसका कारण काममा सफलता र सुखको साधन बढ्न सक्छ।
गर्नुहोस् यस्ता उपाय
कुण्डलीमा शुक्र ग्रह कमजोर हुने व्यक्तिले शुक्रबार शुक्र ग्रहसँग सम्बन्धित वस्तु दान गर्नु शुभ रहनेछ। यसका साथै शुक्रबार व्रत बसेर लक्ष्मीको पूजा गर्नाले पनि लाभ मिल्नेछ।