यी अनौठो हेयर-स्टाइल भएका बालक अहिले छन् बलिउडका शीर्ष अभिनेताको सूचिमा, चिन्नु भयो ?

अहिले विभिन्न स्टारको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । त्यसैमा एक बलिउड अभिनेताको एक तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । केही मानिसले तस्वीरमा देखिएका अभिनेताको बाल्यकालको तस्वीर हेरेर चिन्न सकेका छन् भने थोरै मानिसले मात्र अभिनेतालाइ चिन्न सकेका छन् ।

यी अनौठो हेयरस्टाइलमा देखिएका अभिनेता रणवीर सिंह हुन् । तस्वीरमा देखेर अनुमान लगाउन सकिन्छ अभिनेता रणवीर सानै उमेर देखि नै एकदमै फरक शैलीमा देखिन रुचाउने रहेछन् । अहिले पनि अभिनेता रणवीर कतै सार्वजनिक स्थानमा जाँदा होस् या कुनै पार्टी समारोहमा जाँदा अन्या भन्दा फरक र अनौठो पोशाकमा देखिने गर्दछन् ।

रणवीरले अबलिउड क्षेत्रमा ‘ब्याण्ड बाजा बारात’ बाट बलिउड फिल्ममा डेब्यु गरेका थिए । पछिल्लो समयमा अभिनेताले थुप्रै सफल फिल्ममा अभिनय गरिसकेका छन् । केही समय पहिले अभिनेता रणवीर अभिनित फिल्म ‘८३’ प्रदर्शनमा आएको थियो । त्यस्तै केही समय पहिले रणवीर अभिनित फिल्म ‘सुर्यवंसी’ रिलिज भएको थियो । जसले नेपालमा पनि राम्रो प्रदर्शन गर्न सफल भएको थियो

 

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस कुराबाट चिन्तित आमिर खानकी छोरीले राखिन् १५ दिनको व्रत !