श्रीमान्-श्रीमती बिच दिनहुँ साना-साना कुरामा पनि झगडा हुन्छ ? यस अचुक उपायले हट्नेछ हरेक समस्या !

नेपालीमा उखान नै रहेको छ पति-पत्नीको झगडा परालको आगो, पति-पत्नी बिचमा झगडा हुनु सामान्य कुरा हो तर जब झगडाको कुरामा दिनहुँ जस्तो हुन् थाल्छ, तब यो अवस्थालाई रोक्न जरुरी हुन्छ । नत्र यस्ता झगडाले श्रीमान्–श्रीमतीको सम्बन्धमा फाटो ल्याउन सक्छ । रातो किताब र ज्योतिष शास्त्रमा केही यस्ता उपायहरु बताइएको छ, जसले पति–पत्नीको झगडा हटाएर उनीहरुमा प्रेम बढाउँछ ।

नियमित श्रीमान-श्रीमतीमा हुने झगडाको समाधानको लागि अपनाउनुहोस् यस्ता उपाय

शुक्रबार कन्या केटीलाई सेतो मिठाई खुवाउँदा पति-पत्नी बिचको सम्बन्ध मजबुत हुन्छ । यो उपाय शुक्ल पक्षको शुक्रबारबाट सुरु गर्नुहोस् र कम्तीमा ११ वटा शुक्रबारसम्म गर्नुहोस्।

यदि श्रीमान्–श्रीमती हरेक कुरामा झगडा गर्ने बानी छ भने एक-अर्काको लागि यो उपाय गरेर घरमा खुसी ल्याउन सकिन्छ । यसका लागि पत्नीले राति सुत्दा पतिको सिरानी मिनी सिन्दूर राख्नुहोस् र भोलिपल्ट पतिले त्यो सिन्दूर जहाँसुकै फाल्नुहोस् । साथै पत्नीले आफ्नो सिरानी मुनि कपूर राख्नुहोस् ,अर्को दिन त्यसलाई घारम बाल्नुहोस् यस उपायले पति पत्नीको सम्बन्धमा केही दिनमै सकारात्मक प्रभाव देखिनेछ ।

प्रसन्न मुद्रामा बसेका शिव-पार्वतीको मूर्ति वा तस्वीरको अगाडि दिनहुँ गाईको घ्यूको दियो बाल्नुहोस् यस्तो उपाय गर्दा घरमा सुख शान्ति रहन्छ। साथै शिव चालिसाको पाठ पनि गर्नुहोस्।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघे संक्रान्तिको दिन किन कालो तिलबाट बनेको लड्डुलाई विशेष मानिन्छ, यस्तोछ कारण !