माघे संक्रान्तिको दिन किन कालो तिलबाट बनेको लड्डुलाई विशेष मानिन्छ, यस्तोछ कारण !

सूर्यदेवले हरेक ३० दिनमा राशि परिवर्तन गर्छन् भने हरेक ६ महिनामा उत्तरायण–दक्षिणायण हुन्छ । सूर्य मकर राशिमा प्रवेश गरेपछि माघे संक्रान्ति पर्व मनाइन्छ। यस दिन सूर्य उत्तरायण पनि हुन्छन् । यो पर्व देशका विभिन्न भागमा फरक–फरक नाम र तरिकाले मनाइन्छ तर जताततै एउटा कुरा समान छ । अर्थात् मकर संक्रान्तिको दिन कालो तिल र सखरबाट बनेको लड्डु खानु र दाङ गर्नु विशेष मानिन्छ ।

माघे संक्रान्तिको दिन कालो तिलको लड्डू खाने र खुवाउने प्रचलन शताब्दीयौंदेखि चलिआएको छ, तर के तपाईले कहिल्यै सोच्नुभएको छ कि यसको पछाडिको कारण के हो ? यस दिन तिल र सखरबाट बनेको लड्डु दान गर्ने पनि विशेष महत्व छ । यसका साथै यस दिन खिचडी पनि खाने गरिन्छ ।

धर्म र ज्योतिषशास्त्रका अनुसा माघे संक्रान्तिको दिन कालो तिल र सखरबाट बनेको लड्डु खानु, दान गर्नु सूर्यदेव र शनिदेवसँग सम्बन्धित छ । कालो तिल शनिसँग र सखर सूर्यसँग सम्बन्धित छ। मकर संक्रान्तिको दिन यी दुवै चीज खाँदा र दान गर्दा शनि र सूर्य दुवैको आशीर्वाद प्राप्त हुन्छ। जीवनमा सफलता पाउनको लागि यी दुई ग्रहको कृपा अति आवश्यक हुन्छ । त्यसैले मकर संक्रान्तिको दिन तिल र गुड़ खाँदा घरमा सुख–समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

पौराणिक कथाअनुसार एकपटक सूर्यदेवले क्रोधित भएर आफ्ना पुत्र शनिदेवको घर ‘कुम्भ’ जलाएका थिए । कुम्भ राशिको स्वामी शनीदेव हुन् त्यसैले कुम्भ राशिलाई शनिदेवको घर मानिन्छ। जब सूर्यदेव शनिदेवको घरमा गएर देखे कालो तिल बाहेक घरमा राखिएका सबै सामान जलेर खरानी भएका थिए ।

त्यसपछि शनिदेवले आफ्ना पिता सूर्यलाई त्यही कालो तिलले स्वागत गरे।यो देखेर सूर्य प्रसन्न भए र उनले शनिदेवलाई अर्को घर ‘मकर’ राशि दिए । साथै सूर्यले पुत्र शनिलाई वरदान दिए शनि मकर राशिमा आएपछि शनि मकर राशिमा आएपछि शनिदेवको घर धन-सम्पत्तिले भरिनेछ । यसका साथै यस समयमा सूर्यदेवलाई कालो तिल र सखर चढाउनेलाई सूर्य र शनि दुवैको कृपाले जीवनमा धेरै उन्नति मिल्ने मान्यता गरेको छ ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुन महिना जन्मेका मानिस कति भाग्यमानी ? हेर्नुहोस्