२ दिनपछि बुध उल्टो चाल चल्दै,यी राशिको करियर-आर्थिक स्थितिमा पर्नेछ अशुभ प्रभाव !

बुद्धि, व्यापार, धन र करियरमा प्रभाव पार्ने ग्रह बुध यही सन २०२२ जनवरी १४ मा प्रतिगामी हुने भएका छन् । यस पटक बुढा उल्टो चाल चलेर पछाडि फर्कने भएका छन् । बुध ग्रह फेब्रुअरी ४ तारिक अर्थात् २१ दिनसम्म उल्टो चालमा रहनेछन् जसको प्रभाव ४ राशिका मानिसको जीवनमा सबैभन्दा बढी प्रभाव पर्ने भएको छ । यस अवधिमा उनले करियर-व्यापारदेखि लिएर धेरै मामिलामा समस्याको सामना गर्नुपर्नेछ।

जब बुध ग्रह उल्टो चालमा हुन्छन् तब यसको कारण प्रभावित राशिका व्यक्तिहरूले आफू बौद्धिक रूपमा फसेको महसुस गर्छन्। उनीहरुको निर्णय गर्ने क्षमता र व्यवहारमा उल्लेख्य परिवर्तन आउँछ । बुधको प्रभावमा रहेका व्यक्ति अनौठो निर्णयहरू गर्छन्, जसको प्रभावको कारण यस्ता मानिस अरूलाई समस्यामा पर्छन् ।

वृष राशि

उल्टो चालमा रहेका बुधको प्रभावको कारण वृष राशिका मानिसहरूलाई कामको बोझ र तनाव बढाउनेछ। यसका कारण हाकिम वा सहकर्मीसँग मनमुटाब हुन सक्छ। दाम्पत्य जीवनमा पनि समस्या आउन सक्छ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिहरूले यस अवधिमा भाग्यको साथ पाउने छैनन् । त्यसैले यस समयमा कर्कट राशिका व्यक्ति निकै सावधान रहनुहोस् । यस अवधिमा कुनै नयाँको कार्यको थालनी नगर्नुहोस्। बुबासँग संवादको क्रममा विशेष सावधानी अपनाउनुहोस् । दैनिक कार्यमा धैर्यता कायम गर्नुहोस्, समय निश्चित रूपमा परिवर्तन हुनेछ।

तुला राशि

उल्टो चालमा रहेको बुधको कारण कन्या राशिका व्यक्तिहरुको पारिवारिक जीवनमा समस्या आउन सक्छ । परिवारमा कसैसँग पनि विवादमा नपर्नुहोस् । विशेष गरी जीवनसाथीसँग विवाद नगर्नुहोस्। यस समयमा कुनै पनि स्थानमा लगानी नगर्नुहोस्।

कुम्भ राशि

कुम्भ राशिका मानिसहरु समय अनुसार चल्ने प्रयाश गर्नुहोस् । निश्चित स्थानमा लगानी गर्न नसक्दा लगानी व्यर्थ हुनसक्छ । यस समयमा यात्रामा जानबाट टाढा रहनुहोस् । यस समयमा कुनै पनि स्थानमा आर्थिक लगानी नगरेको उचित हुनेछ । परिवारमा कसैको स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकलाई देखाउनुहोला ।

 

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१६:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘माघे संक्रान्ति’ को दिन विध्वंसकारी त्रिग्रही योग बन्दै, यी ४ राशि रहनुस् सजग