‘माघे संक्रान्ति’ को दिन विध्वंसकारी त्रिग्रही योग बन्दै, यी ४ राशि रहनुस् सजग

एजेन्सी : ज्योतिषशास्त्रका अनुसार कुनै ग्रहको राशि परिवर्तन, योग र अस्त हुँदा त्यसको प्रत्यक्ष असर सबै १२ वटै राशिहरुमा पर्छ। राशिमा पर्ने प्रभावले मानव जीवनमा पनि प्रभाव पार्छ। १४ जनवरी मकर संक्रान्तिको दिन सूर्य, शनि र बुधको त्रिग्रही योग बन्दै छ। यसको प्रत्यक्ष प्रभाव मेषदेखि मीन राशिसम्म पर्नेछ।

मकर संक्रान्तिको दिन शनिको स्वराशि मकरमा त्रिग्रही योग बन्ने छ। शनि पहिल्यैदेखि मकर राशिमा विराजमान छ। पुष २१ गते(जनवरी ५) राशि परिवर्तनपछि मकर राशिमा बुध पनि प्रवेश गरिसकेको छ। पुष ३० गते(१४ जनवरी) सूर्य पनि मकर राशिमा प्रवेश गर्नेछ। शनि र सूर्यबीच शत्रुताको भाव छ, जसकारण ४ राशिमा बढी प्रभाव पार्ने देखिन्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सूर्य तपाईको नवौं घरमा प्रवेश गर्नेछ। ग्रह-नक्षत्रको स्थितिले तपाईको घर-परिवारको सुख-शान्तिमा खलल पर्न सक्छ। पितासँगको सम्बन्ध खराब हुन् सक्छ। वृष राशिको स्वामी ग्रह शुक्र हो। शुक्र र सूर्यबीच शत्रुताको भाव छ। यो गोचर कालमा तपाईले थुप्रै चुनौतीहरु सामना गर्नुपर्नेछ। ऋण लिनुपर्ने स्थिति सिर्जना हुन् सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आठौँ घरमा सूर्य र शनि सँगै रहनेछन्। जसकारण तपाईलाई स्वास्थ्यसँग सम्बन्धित समस्याले पिरोल्नेछ। लामो यात्रामा जाने अवसर पाउनुहुनेछ। मिथुन राशिको स्वामी ग्रह बुध देव हो। बुध र शनिबीच शत्रुताको भाव छ। यसकारण जीवनसाथीसँगको सम्बन्धमा दरार आउँन सक्छ। दैनिक मनमुटाव हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका व्यक्तिहरुले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने देखिन्छ। सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला। मातापिताको स्वास्थ्य अवस्थाले तपाईलाई चिन्तित बनाउनेछ। मानसिक तनाव बढ्नेछ। विद्यार्थीवर्गहरुलाई पढाईमा ध्यान दिन कठिनाई हुन्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो समय धनु राशिका जातकहरुका लागि अनुकूल छैन। परिवारमा तनावको माहोल सिर्जना हुनेछ। धन सञ्चय गर्ने काममा तपाईले पूर्ण रुपमा सफलता हासिल गर्नुहुनेछैन। आर्थिक सङ्कट आइपर्नसक्छ। पारिवारिक जीवन तनावपूर्ण रहनेछ। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिको राशिफल : यी राशिको चम्किनेछ भाग्य, लक्ष्मीको कृपाले हुनेछ धनलाभ