विक्की कौशललाई मनपर्यो सारा अली खान…. दिए यस्तो प्रतिक्रिया !

बलिउड फिल्म निर्माता आनन्द एल राय निर्देशित फिल्म ‘अतरंगी रे’ भर्खरै सिनेमा हलहरुमा रिलिज भएको छ । चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘अतरंगी रे’ मा अक्षय कुमार, सारा अली खान र दक्षिण भारतीय स्टार धनुष मुख्य भूमिकामा देखिएका छन् ।

अहिले बलिउड अभिनेता विक्की कौशलले आफ्नो इन्स्टाग्राम स्टोरीमा फिल्म ‘अतरंगी रे’ को तारिफ गर्दै एक पोस्ट सार्वजनिक गरेका छन् । जसमा अभिनेताले फिल्मको निकै प्रशंसा गरेका छन् । विक्की कौशलले लेखेका छन्, ‘कति राम्रो फिल्म रमाइलो छ ।’ सारा अली खानले यस फिल्ममा आफ्नो कठिन चरित्रलाई कस्तो सरल तरिकाले निभाएकी छिन्।

अभिनेता धनुष दक्षिण भारतीय फिल्म मार्फत करोडौँ मानिसको मनमा बस्न सफल अभिनेता हो। अक्षय कुमारले घाँटी हाने । आनन्द एल राईले मलाई तपाईंको अर्को फिल्ममा कास्ट गर्नुहोस् सर कृपया।

विक्की कौशलको यो पोस्ट निकै भाइरल भएको छ । साथै अभिनेता विक्की कौशलको यस पोस्टमा फिल्म निर्माता आनन्द एल रायले पनि कमेन्ट गरेका छन् ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी अनौठो हेयर-स्टाइल भएका बालक अहिले छन् बलिउडका शीर्ष अभिनेताको सूचिमा, चिन्नु भयो ?