मात्र ३ दिनपछि यी ४ राशिको भाग्य सूर्य जस्तै चम्किनेछ, हुनेछ आकस्मिक लाभै-लाभ !

कुनै पनि ग्रहले राशि परिवर्तन गर्दा यसको प्रभाव सबै राशिमा पर्छ । ग्रहहरूको राजा सूर्यको राशि परिवर्तन धेरै प्रभावकारी मानिन्छ। ज्योतिषशास्त्र अनुसार पुष ३० गते राति ८:१५ बजे सूर्य देव र शनि मकर राशिमा प्रवेश गर्दैछन् । यसै दिनदेखि सूर्य उत्तरायण पनि लाग्ने गर्दछ । सूर्य मकर राशिमा प्रवेश गरेपछि मागे संक्रान्ति पर्व मनाइन्छ । यो वर्ष ४ राशिका लागि यो पर्व निकै शुभ सावित हुने भएको छ, कुन-कुन हुन् ती राशिहरु…

मेष राशि

सूर्य देवको राशि परिवर्तन मेष राशिका लागि निकै शुभ साबित हुनेछ। सरकारी जागिर वा राजनीतिमा लागेकाहरूका लागि यो समय भाग्य बदल्ने समय हुनेछ । काममा सफलता मिल्नेछ साथै कामको प्रशंसा हुनेछ । आकस्मिक धन लाभ हुनेछ ।

सिंह राशि

सिंह राशिको स्वामी सूर्यदेव हुन्। सूर्यको राशि परिवर्तन अधिकतम प्रभाव यस राशिमा पर्नेछ जसको कारण लाभदायक साबित हुनेछ। करियरमा पदोन्नति-वृद्धि मिल्नेछ। कामको प्रशंसा हुनेछ। आम्दानीमा बृद्धि हुनुका साथै आर्थिक अवस्थामा क्रमश:सुधार हुनेछ । कुनै शुभ समाचार सुन्न पाइनेछ, जसले मन प्रसन्न रहनेछ।

वृश्चिक राशि

यस अवधिमा वृश्चिक राशिका व्यक्तिहरूले काममा नयाँ अवसर प्राप्त गर्नेछन् साथै काम परिवर्तन हुनसक्छ । सरकारी जागिर खोज्नेहरुका लागि सफलता मिल्ने सम्भावना छ । आम्दानी बढ्नेछ। अधुरा मनोकामना पुरा हुन सक्छ । समग्रमा यो समय हरेक हिसाबले निकै लाभदायी साबित हुनेछ।

मीन राशि

यस समयमा मीन राशिका व्यक्तिहरुको करियर निकै चम्किनेछ साथै हरेक क्षेत्रमा सम्मान मिल्नेछ। कार्य क्षेत्रमा उच्च पद प्राप्त हुनेछ। आकस्मिक धन लाभ हुन सक्छ। केहि जिम्मेवारी आउन सक्छ, जसलाई तपाई खुसीसाथ सम्हाल्न चाहनुहुन्छ। राजनीतिज्ञहरूका लागि यो समय राम्रो छ। ठूलो पद प्राप्त हुनसक्छ ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८११:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ दिनपछि बुध उल्टो चाल चल्दै,यी राशिको करियर-आर्थिक स्थितिमा पर्नेछ अशुभ प्रभाव !