एजेन्सी : विक्की कौशल र कट्रिना कैफ आफ्नो नवविवाहित जीवनको आनन्द लिईरहेका छन्। विक्की र कट्रिना दुवैले आफ्नो प्रोफेशनल र पर्सनल लाइफका यादगार पलहरु सामाजिक सञ्जालमा शेयर गरिरहन्छन्। यसैबीच विक्कीले आफ्नो एक सोलो डान्स भिडियो शेयर गरेका छन्। विक्की कट्रिनासँग विवाह गरेपछिको खुशीमा नाँचेको भन्ने फ्यान्सको अनुमान छ। भिडियोमा मानिसहरुले अनेक खाले प्रतिक्रियाहरु दिएका छन्।
विक्की धनुषको राउडी बेबी गीतमा मनमस्त भएर डान्स गरिरहेका छन्। कतिपयले बिनाकारण कोहीँ पनि मान्छे यसरी ननाँच्ने र यसको पछाडी कुनै ठुलो खुशी हुने अड्कल काटेका छन्। एक इन्स्टाग्राम युजरले लेखेका छन् – ‘कट्रिना जस्ती राम्री बुढी पाए पछि को ननाचोस् र यसरी !’ । त्यस्तै एक अर्का युजरले लेखेका छन् – ‘भाउजुले भिडियो बनाइरहेकी हुन् र।’ यस्तै अनेक खाले मजेदार प्रतिक्रियाहरु दिएर फ्यान्सले विक्की मजाक उडाएका छन्।
विवाहपछि विक्कीले पत्नी कट्रिनासँगका थोरै तस्बिरहरु मात्र शेयर गरेका छन्। तर जतिपटक दुवैका तस्बिरहरु सार्वजनिक भए ती सबै भाइरल भएका छन्। दुवैले आफ्नो विवाह र विवाहपछिको विशेष अवसरका तस्बिरहरु बेला-मौकामा शेयर गर्ने गरेका छन्। हालै विक्कीले वेडिङ फोटो शेयर गरेका थिए, जसमा उनी पत्नीसँग डान्स गरिरहेका थिए।
विक्की कौशल हालै भारतको इन्दौरमा आफ्नो आगामी फिल्मको शूटिङमा देखिएका थिए। उनी सारा अलि खानसँग फिल्मको सुटिङ गरिरहेका छन्। यो फिल्मको नाम भने अहिलेसम्म खुलाइएको छैन।