३४ दिनको लागि शनिदेव अस्ताउँदै, यी ५ राशिको जीवनमा आउनेछ अनेक समस्या !

सन २०२२ मा ३ वटा ग्रहहरु अस्त हुँदै छन् । हालै शुक्र ग्रह अस्ताउँदै छ र जनवरी २४ बाट न्यायका देवता शनि देव पनि अस्ताउन लागेको छ । फेब्रुवरी २७ तारिक शनि अस्ताउनेछ । यस अस्तको समयमा करिब ३४ दिनमा शनिले ५ राशिका व्यक्तिलाई धेरै कष्ट दिनेछन् । जान्नुहोस् कुन-कुन राशिमा शनिको ग्रहको नकारात्मक प्रभाव पर्नेछ ।

मेष राशि

मेष राशिका लागि शनिको अस्त अशुभ हुने भएको छ । धेरै कठिनाइहरू आउनेछन्। कसैसँग विवाद हुन सक्छ, तनावको स्थिति रहनेछ। भइरहेका काम पनि बिग्रनेछन् । यो समयलाई धैर्यपूर्वक लिनुहोस्।

वृष राशि

वृष राशिका व्यक्तिहरूले यस समयमा सावधानी अपनाउनु पर्ने हुन्छ । कार्य स्थलमा छवि बिग्रने सम्भावना रहेको हुँदा शत्रुहरूबाट सावधान रहनु होला । यस अवधिमा वृष राशि भएका व्यक्तिले आफ्नो काम शाशान्ति पूर्वक गर्नुहोस् र विवादबाट टाढा रहनुहोस्।

मिथुन राशि

मिथुन राशिका लागि यो समय निकै कठिन हुनेछ । यो राशिमा शनिको दशा पनि चलिरहेको छ । यस अवधिमा सावधान रहनुहोस्, अन्यथा समस्याहरू बढ्नेछ।

कन्या राशि

कन्या राशिका व्यक्तिहरूलाई यस समयमा परिश्रम अनुसारको फल पाउन मुस्किल हुनेछ । नजिकको मित्रसँग मनमुटाब हुने सम्भावना छ । कसैले झुटो आरोप लगाउन सक्छ, सावधान रहनुहोस्। विवादबाट टाढा रहनु नै राम्रो हुनेछ ।

तुला राशि

ला राशिका व्यक्तिहरूले यो समयमा सावधानी अपनाउनु पर्ने हुन्छ । यस समयमा तुला राशिका व्यक्तिले धन हानिको सामना गर्नुपर्ने हुन सक्छ। शान्ति पूर्वक काम गर्नुहोस् र कसैसँग विवादमा नपर्नुहोस् । यो समयमा जोखिमपूर्ण लेनदेन नगर्नु राम्रो हुनेछ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मात्र ३ दिनपछि यी ४ राशिको भाग्य सूर्य जस्तै चम्किनेछ, हुनेछ आकस्मिक लाभै-लाभ !