ज्योतिष शास्त्रमा जीवित प्राणीहरूको गतिविधिलाई अध्ययन गरिन्छ। जीवित प्राणीको गतिविधि सम्बन्धित धेरै कुराहरूले भविष्यको बारेमा शुभ वा अशुभ संकेत दिन्छ। शगुन शास्त्रका अनुसार तपाई कतै जाँदै हुनुहुन्छ भने कलश देख्नु, छेपारो झर्नु, गाईको बाछो देख्नु शुभ संकेत प्राप्त हुन्छ । यी संकेत सफलता सँग जोडिएको छ। यसबाहेक केही चीजहरू यस्ता हुन्छन् जसले शुभ वा अशुभ संकेत दिन्छ।
जान्नुहोस् ज्योतिषशास्त्रले यसबारे के भनिएको छ
यदि तपाई कुनै महत्त्वपूर्ण काममा जाँदै हुनुहुन्छ वा कतै यात्रा गर्दै हुनुहुन्छ र यस समयमा कुनै सकारात्मक शब्द सुनिन्छ भने, यो धेरै शुभ हुन्छ। आउनुहोस् जस्तो आवाज सुनियो भने काम हुने सम्भावना बढी हुन्छ । साथै बाहिर जानुहोस् जस्ता शब्द सुन्दा केही अशुभ हुनसक्छ ।
ज्योतिष शास्त्रका अनुसार कुनै व्यक्ति महत्त्वपूर्ण काममा जाँदा कलश वा पानीले भरिएको भाँडो देख्नुलाई अत्यन्तै शुभ मानिन्छ भने काममा सफलता मिल्ने प्रबल सम्भावना रहेको संकेत गर्दछ । कुनै महत्त्वपूर्ण जामको आवश्यक कागजपत्र तयार गर्ने क्रममा वरपर छेपारो खस्यो भने यसलाई शुभ संकेत मानिन्छ ।
यसबाहेक घरमा पाहुनाको आगमनले लक्ष्मीको कृपा हुने संकेत गर्छ। अर्कोतर्फ काममा जाँदा घोडा, गोरु, सुन्दर पक्षी वा हात्ती देखिएमा शुभ फल प्राप्त हुन्छ ।रोकिएका काम गर्नु पर्ने हुन्छ ।