लड्ने मानिसहरूबाट सबै टाढा रहन चाहन्छन्। आज हामी तपाईंलाई यस्ता ४ राशिका बारेमा जानकारी दिनेछौँ, जो सानातिना कुरामा पनि छिट्टै रिसाउँछन्। यी मानिसहरू क्रोधमा आफ्नो सुध-बुध गुमाउँछन् र सबैसँग लड्न तयार हुन्छन्। आउनुहोस् जानौं कुन-कुन हुन् यी राशिहरु….
वृष राशि
वृष राशिका मानिसहरु चाँडै क्रोधित हुन्छन्। जब यो राशिका मानिसहरूलाई कसैको बारेमा नराम्रो लाग्छ, तब तिनीहरू आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दैनन्। तिनीहरूलाई शान्त गर्न निकै गाह्रो हुन्छ। कहिलेकहीं त यी मानिस यस्ता निर्णय लिने गर्छन जसको पश्चाताप पछि उनीहरुलाई नै हुने गर्छ। वृष राशिका मानिस गल्ती भए पनि आफ्नो गल्ती स्वीकार गर्दैनन्।
मिथुन राशि
मिथुन राशिका मानिसहरु क्रोधित हुनुका साथै झगडालु पनि हुन्छन्। यो राशिका मानिसलाई कहिले रिस उठ्छ कसैलाई थाहा हुँदैन। उनीहरुको जीवनसाथी, प्रेमी वा साथीहरुले उनीहरुको रिसको सामना गर्नु पर्ने हुन्छ। यी मानिसहरू साना-साना कुरालाई पहाड बनाउँछन्।
सिंह राशि
यो राशिका मानिसहरु धेरै क्रोधित हुने किसिमका हुन्छन्। क्रोधमा यी मानिसहरू सबै सीमा पार गर्छन्। यी मानिसहरू आफ्नो गल्ती स्वीकार गर्दैनन्। उनीहरु रिसाएको बेला उनीहरुबाट टाढा रहनु नै राम्रो हुन्छ।
कन्या राशि
यो राशिका मानिसहरु पनि चाँडै क्रोधित हुन्छन्। तिनीहरू प्रायः क्रोधमा यस्ता काम गर्छन् जसको कारण पछि आफैं पछुताउनु पर्छ। तिनीहरूको रिस खतरनाक साबित हुन्छ, जसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ।