यस प्रसिद्ध मन्दिरको प्रसाद खान र घरमा ल्याउनु मानिन्छ अशुभ, यस्तो छ रहस्य ?

नेपाल सहित छिमेकी देश भारतमा भगवान रामको ठूलो भक्त हनुमानको धेरै मन्दिरहरु छन् । भगवान श्रीरामका भक्तहरूले हनुमानलाई धेरै नामले बोलाउँछन्। मानिसहरूले भगवान हनुमानलाई संकट हर्ता पनि भन्ने गर्छन्। हनुमानजीको पूजाआजा गर्नाले भक्तजनको सबै समस्या हट्ने जनविश्वास रहेको छ ।

भारतको मेहन्दीपुर बालाजी मन्दिरमा महाबली हनुमान बालरूपमा विराजमान छन्। भगवान राम र सीता माताको मुर्तिहरू ठीक अगाडि स्थापित छन्। यहाँ आउने भक्तजनका लागि विशेष नियम रहेको बताइएको छ । यस नियम अनुसार दर्शन गर्नुभन्दा कम्तीमा एक साताअघि भक्तजनले प्याज, लसुन, मासु, मदिरा आदिको सेवन गर्नु हुँदैन ।

भारतमा रहेको यस मेहन्दीपुर बालाजी मन्दिरमा अर्को नियम पनि रहेको छ। यहाँको मन्दिरमा चढाएको प्रसाद न त खान सकिन्छ न कसैलाई दिन सकिन्छ भन्ने विश्वास छ । यसबाहेक प्रसादलाई घर ल्याउन पाइँदैन । प्रसाद मन्दिरमा नै छोडने गरिन्छ । यस मन्दिरबाट कसैले पनि कुनै पनि जल प्रसाद घर लादैनन् । किनकि यस मन्दिरको प्रसाद घर लानु भनेको ऊ प्रति भगवानको नराम्रो छायाँ पर्नु हो, भन्ने मान्यता रहेको छ ।

प्रकाशित : सोमबार, पुष २६, २०७८११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघे संक्रान्तिको पौराणिक महत्व : यहीँ दिन भीष्म पितामहले देह त्याग्न किन ५८ दिन प्रतीक्षा गरे ?