जीवनलाई बर्बाद गर्छ कुण्डलीमा बसेको गुरु चण्डाल योगले, यी सरल उपायले पाउनुहोस् छुट्कारा

मानिसहरुको कुण्डलीमा धेरै शुभ अशुभ योग हुने गर्दछ । यी योग हरुबाट ग्रहहरुको संयोग बन्दछ । । शुभ योगले जीवनमा सकारात्मक प्रभाव पार्छ त्यसतै अशुभ योगले जीवनमा धेरै प्रकारका कठिनाइहरू सिर्जना गर्दछ। यस्तै एक योग वृस्पति, राहु र केतुको मिलनबाट बन्दछ । यस योगलाई गुरु चण्डाल योग भनिन्छ। कुण्डलीको गुरुमा चण्डाल दोषका के-के बेफाइदा हुन्छ र त्यसलाई शान्त पार्न के गर्नुपर्छ भन्ने थाहाँ पाउनुहोस् ।

यदि कसैको पनि कुण्डलीको पहिलो घरमा बृहस्पति र राहु सँगै बसेको छ भने यस्ता मानिसको चरित्र शंकास्पद हुन्छ । साथै यस्ता मानिस अवैध रुपना धन आर्जन गर्न मोहित हुन्छन् । यदि कुण्डलीको दोस्रो घरमा वृस्पतिले चण्डाल योग बनाएका छन् भने व्यक्ति धनी बन्छ। तर सुख र विलासमा धेरै पैसा खर्च गर्छ। यसबाहेक कमजोर वृस्पतिको कारणले पनि व्यक्ति नशामा रहन्छ ।

कुण्डलीको तेस्रो घरमा वृस्पति र राहुको मिलन हुँदा व्यक्ति पराक्रमी र साहसी बन्छ। तर गलत काममा बदनाम हुनसक्छ । यस्ता व्यक्तिले सट्टेबाजी, जुवा आदि गरेर पैसा कमाउने प्रयास गर्दछ।

वृस्पति चण्डालबाट छुट्कारा पाउनको लागि वृस्पति र राहुको शान्ती पाठ गराउनुपर्छ । यसको साथै आमा बाबुको सेवा गर्नुपर्छ । त्यस्तै घर वा मन्दिरमा भगवान विष्णुको पूजा गर्नाले वृस्पति चांडाल दोषको नकारात्मक प्रभाव कम हुन्छ। सोमबारको दिन पारेर दुई मुखी रुद्राक्ष धारण गर्नाले पनि फाइदा हुन्छ । साथै भगवान गणेशको नियमित पूजा गर्दा वृस्पति चण्डाल दोषबाट मुक्ति मिल्छ । बृहस्पति मन्त्र ‘ओम् ब्रम् ब्रम् ब्रुं साह गुर्वे नमः’ को दिनहुँ जप गर्नुपर्छ।

प्रकाशित : सोमबार, पुष २६, २०७८११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस प्रसिद्ध मन्दिरको प्रसाद खान र घरमा ल्याउनु मानिन्छ अशुभ, यस्तो छ रहस्य ?