काठमाडौँ : पछिल्लो सामाजिक सञ्जालमा कलाकारलाई ट्रोल गर्न प्रचलन बढेको छ । त्यस्तैमा अभिनेत्री आँचल शर्माको श्रीमान् उदीप श्रेष्ठलाई बलिउड अभिनेता सलमान खानसँग तुलना गर्दै सामाजिक सञ्जालमा विभिन्न तस्वीरहरु सार्वजनिक भएका छन् । अहिले समयमा श्रीमानलाई बलिउड अभिनेता सलमान खानसँग तुलना गर्नुको कारण रहेको आँचलको भनाई छ ।
केही समय पहिले अभिनेत्री आँचलले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा उनले आफ्नो श्रीमान सलमान खान जस्तै लाग्ने बताएकी थिइन्। अहिले सलमान र आँचलको शर्माको श्रीमानको तस्वीर जोडेर सामाजिक सञ्जालमा ट्रोल बनाई रहेका छन् ।
गत साता मात्र तेलगु फिल्म “हिट-म्यान” को घोषणा कार्यक्रममा एक सञ्चार कर्मीले अभिनेत्रीलाई सोही विषयमा प्रश्न गरेका थिए। जसमा आँचलले हाँस्दै गज्जबको उत्तर दिएकी थिइन्। उनले भनिन्, “सलमान खान मलाई पहिलेदेखि मनपर्छ। उहाँको काम, बडी सबै निकै मनपर्छ। मैले त्यस्तै बडी भएको हिसाबले मेरो श्रीमान् सलमान जस्तै लाग्छ भनेकी थिएँ। श्रीमानको राम्रो मान्छेसँग तुलना हुँदा खुसी लाग्छ।”