एजेन्सी : बलिउड अभिनेत्रीहरु आफ्नो फेशन, स्टाइल र लुक्सको लागि परिचित छन्। स-साना समारोहहरूमा पनि तिनका फ्यानहरू तिनको आउटफिट्स र ज्वेलरी फलो गर्न रुचाउँछन्। अभिनेत्रीहरुका विवाहमा झन् तिनको लुक्स र ज्वेलरीबारे फ्यान्सलाई झन् बढी चासो हुन्छ। अभिनेत्रीहरुका ब्राइडल गेटअपले लामो समयसम्म चर्चा पाउँछ। विशेषगरी महिलाहरु अभिनेत्रीको युनिक डिजाइनको मङ्गलसुत्र हेर्नको लागि व्यग्रताको साथ प्रतीक्षामा हुन्छन्। कुन बलिउड अभिनेत्रीको मङ्गलसुत्र सबैभन्दा महँगो छ त, हेर्नुहोस्।
कट्रिना कैफ हालै वैवाहिक बन्धनमा बाँधिईन्। उनको दुलही रुपले सबैलाई लोभ्यायो। साथै उनको मङ्गलसुत्रले सबैको ध्यान खिच्यो। उनको मङ्गलसुत्रको मूल्य ७ लाख भारु भएको बताईएको छ।
सञ्चारमाध्यमहरुका अनुसार सबैभन्दा बढी चर्चामा आएको ऐश्वर्या राय र अभिषेक बच्चनको विवाहमा करोडौं रुपैयाँ खर्च भएको थियो। यो विवाहसँगै ऐश्वर्याको पहिरन र गहना कम मूल्यका थिएनन्। उनको मङ्गलसुत्र ४५ लाख रुपैयाँ बराबरको थियो।
अभिनेत्री शिल्पा शेट्टीले सन् २००३ मा व्यापारी राज कुन्द्रासँग विवाह गरेकी थिइन्। त्यतिबेला दुवैको विवाह निकै धूमधाम भएको थियो। विवाहसँगै शिल्पाको औँठी र मङ्गलसुत्र चर्चाको केन्द्रमा रहेको थियो। उनको औँठीको मूल्य करौडौं बताईएको थियो भने मङ्गलसुत्रको मूल्य ३० लाख बताईएको थियो।
प्रियंका चोपडा र निक जोनासको विवाहले संसारभर राम्रै चर्चा पाएको थियो । प्रियंका विवाह निकै भव्य थियो। उनको विवाह सबैभन्दा महँगो विवाहमध्येमा पर्छ। योसँगै प्रियंकाको मङ्गलसूत्रको मूल्य पनि करोडौं रहेको बताइएको थियो।
सोनम कपुरको लुक्स एकदमै फरक थियो। उनका हरेक चीज एकदमै अलग थियो। उनको मङ्गलसुत्रको मूल्य ५० लाख भारु भएको बताईएको थियो।
राजकुमार राव र पत्रलेखाले हालसालै विवाह गरेका हुन्। पत्रलेखाको मङ्गलसुत्रको मूल्यको कुरा गर्ने हो भने यसको मूल्य २ लाख भारु भएको बताईएको छ।
बलिउड अभिनेत्री यामी गौतम आफ्नो सिम्पल लुकका कारण निकै चर्चित छिन्। उनको ब्राइडल लुक पनि निकै चर्चामा रह्यो। उनको मङ्गलसुत्रको मूल्य करिब ४ लाख रहेको छ।