यस पटकको मागे संक्रन्तिमा करिब ३० वर्षपछि सूर्य र शनि एकै स्थानमा आउने भएका छन् । सूर्य र शनिको यो दुर्लभ संयोजनले सबै राशिलाई सकारात्मक तथा नकारात्मक प्रभाव पर्ने भएका छन् ।
यस वर्षको मागे संक्रान्ति जनवरी १४ मा पर्ने भएको छ । यस दिन सूर्य, शनि मकर राशिमा प्रवेश गर्नेछ। सूर्य करिब एक महिना यो स्थितिमा रहनेछ। यस अवधिमा सूर्य, शनिको सम्बन्धमा मधुरता छाउने भएको छ । त्यस्तै प्रत्येक वर्ष जब सूर्य देव मकर राशिमा प्रवेश गर्छन्, यो विरलै हुन्छ जब राशि परिवर्तनको समयमा सूर्य र उनको पुत्र शनिको एक साथमा भेट होस् । यस पटक माघे संक्रान्तिमा २९ वर्षपछि सूर्य–शनिको एक राशिमा भेट हुँदैछ । यसको प्रभाव सबै १२ राशिमा पर्ने भएको छ । कुन राशिलाई कस्तो असर गर्छ जान्नुहोस्।
मेष राशि
मेष राशिका मानिसको कार्यस्थलमा उच्च अधिकारीसँग विवाद हुनसक्छ । दाम्पत्य जीवनमा अनेक समस्या आउनेछ। करियरको विषयमा मनमा दुबिधा रहनेछ।
वृष राशि
धेरै टाढाको यात्रापछि मात्र करियरमा सफलता मिल्नेछ । विदेशमा पनि घुम्न जाने सम्भावना छ । यसको साथै बाबु वा अभिभावकसँगको सम्बन्ध बिग्रन सक्छ। आमाको स्वास्थ्यमा चिन्ता बढ्न सक्छ।
मिथुन राशि
पार्टनरमा गरेको व्यवसायबाट मनग्य लाभ मिल्ने संकेत देखिन्छ । सूर्यको राशि परिवर्तनको कारण स्वास्थ्य चिन्ताले सताउन सक्छ। पैतृक सम्पत्तिबाट लाभ हुनेछ । अनुसन्धानमा संलग्न व्यक्तिहरूले शुभ समाचार प्राप्त गर्नेछन्।
कर्कट राशि
प्रेम सम्बन्धमा समस्या आउनको साथै जीवनसाथीसँग विवाद हुनसक्छ । जीवनसाथीको स्वास्थ्यमा समस्या आउनाले जीवन साथिसँग केही समय बिताउनु पर्न सक्छ। सम्झौता सम्बन्धी समस्याका कारण व्यापार प्रभावित हुन सक्छ। तपाईले यस समयमा आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा जिम्मेवारीपूर्वक कार्य गर्न आवश्यक छ।
सिंह राशि
काममा नयाँ जिम्मेवारी पाउन सकिनेछ । यसका साथै करियरमा उन्नति हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । दिनचर्यामा सुधार गर्नु उचित हुनेछ। दैनिक व्यायाम गर्नु लाभदायक साबित हुनेछ।
कन्या राशि
यस समयमा शेयर बजारमा पैसा लगानी गर्न समय उचित छैन, अन्यथा घाटा हुन सक्छ। परिवारमा सन्तानको स्वास्थ्य चिन्ताले सताउन सक्छ। प्रेम जीवनमा समस्याको सामना गर्नुपर्नेछ। यद्यपि दाम्पत्य जीवन सुखद रहनेछ।
तुला राशि
दाम्पत्य जीवनमा केही समस्या आउन सक्छ तर सूर्य देवको राशि परिवर्तनपछि स्थितिमा सुधार आउनेछ। जग्गाजमिन सम्बन्धी काममा सावधानी अपनाउनुपर्नेछ । आमाको स्वास्थ्यको बारेमा चिन्तित हुन सक्छ। करियरमा अचानक परिवर्तन आउनेछ ।
वृश्चिक राशि
व्यापार व्यावसायको लागि टाढाको यात्रा गर्नुपर्ने हुन् सक्छ । परिवारमा दाजुभाइसँगको सम्बन्ध बिग्रन सक्छ। कागजपत्र सम्बन्धी काममा सावधानी अपनाउनुहोला अन्यथा घाटा बेहोर्नु पर्नेछ । जागिरमा स्थान परिवर्तन हुनसक्छ ।
धनु राशि
आकस्मिक आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा निकै सजग रहनु पर्ने देखिन्छ । किनभने आँखा र घाँटी सम्बन्धी समस्याले सताउन सक्छ। नोकरी पेशामा अनावश्यक वादविवादबाट बच्नुहोला ।
मकर राशि
काममा नजिकको व्यक्तिबाट समस्या हुन सक्छ । व्यक्तिगत जीवनमा सावधानी अपनाउनु पर्ने देखिन्छ । व्यापारमा लगानी गर्दा सावधानी अपनाउनु होला । बुवाको भनाइले समस्या निम्त्याउन सक्छ। जसका कारण मन अशान्त हुनेछ ।
कुम्भ राशि
अनिद्राको समस्याले सताउन सक्छ। वैदेशिक रोजगारीमा जान सकिनेछ । आँखा सम्बन्धी कुनै समस्याले सताउनेछ। जसको कारण अस्पताल भर्ना भइन सकिनेछ । परोपकारी कार्यमा रुचि बढ्नेछ। जसले मनमा शान्ति दिनेछ।
मीन राशि
आर्थिक लाभ हुने ठूलो योग रहेको छ । परिवारका सदस्यहरूसँग मनमुटाव हुन सक्छ। पुरानो साथीले धोका हुनसक्छ, सतर्क रहनुहोस्। व्यापार व्यावसायमा आम्दानी बढ्नेछ । अपरिचित मानिसलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्।