“माघे संक्रान्ति” मा २९ वर्षपछि सूर्य-शनिको विशेष संयोग बन्ने, यी ६ राशिमा पर्नेछ नकारात्मक प्रभाव

काठमाडौँ : मकर संक्रान्तिको दिन सूर्य शनिको राशि मकरमा प्रवेश गर्नेछ। सूर्य करिब एक महिना यो स्थितिमा रहनेछ। यस अवधिमा सूर्य शनिप्रति क्रोधित हुँदैनन्। शनिप्रति सूर्यको यो स्थितिले सम्बन्धमा मधुरताको संकेत गर्छ।

अर्कोतर्फ, प्रत्येक वर्ष जब सूर्य देव मकर राशिमा प्रवेश गर्छन्, यो विरलै हुन्छ जब सूर्यको आफ्नै पुत्र शनिसँग भेट हुन्छ। यसपटक मकर संक्रान्तिमा २९ वर्षपछि सूर्य–शनिको सामना हुनेछ। जसले सबै १२ राशिलाई असर गर्नेछ। कुन राशिमा नकारात्मक असर पर्नेछ भनेर जान्नुहोस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यस राशिका व्यक्तिहरुको कार्यस्थलमा उच्च अधिकारीसँग विवाद हुनसक्छ । दाम्पत्य जीवनमा धेरै प्रकारको समस्या आउनेछ। करियरको बारेमा मनमा दुविधा रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

करियरमा सफलता पाउनको लागी धेरै नै संघर्ष गर्नुपर्ने देखिन्छ। धेरै टाढाको यात्रा गर्नु पर्नेछ। वैदेशिक यात्राको सम्भावना पनि रहेको छ। यसबाहेक बाबु वा अभिभावकसँगको सम्बन्ध बिग्रन सक्छ। आमाको स्वास्थ्यमा चिन्ता बढ्न सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

प्रेम सम्बन्धमा समस्या आउन सक्छ। जीवनसाथीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। जीवनसाथीको स्वास्थ्य बिग्रन सक्छ। सम्झौता सम्बन्धि समस्याका कारण व्यापार साझेदारी प्रभावित हुन सक्छ। तपाईंले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा जिम्मेवारीपूर्वक कार्य गर्न आवश्यक छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यो समय तपाईंको लागि आर्थिक हिसाबले अनुकूल नहुन पनि सक्छ। परिवारमा सन्तानको स्वास्थ्यको चिन्ताले सताउन सक्छ। प्रेम जीवनमा समस्याको सामना गर्नुपर्नेछ। प्रेमी-प्रेमिकासँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दाम्पत्य जीवनमा केही समस्या आउन सक्छ । जग्गा-जमीन सम्बन्धि काममा सावधानी अपनाउनुपर्नेछ, अन्यथा ठूलो घाटा हुने सम्भावना प्रवल रहेको छ। आमाको स्वास्थ्य तपाईंको चिन्ताको विषय बन्न सक्छ। करियरमा अचानक परिवर्तन आउनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

काममा नजिकको व्यक्तिबाट नै समस्या आइलाग्न सक्छ, सजग रहन आवश्यक रहेको छ। व्यक्तिगत जीवनमा सावधानी अपनाउनु पर्ने देखिन्छ। व्यापारमा लगानी गर्दा सावधानी अपनाउनु होला । पारिवारिक वातावरण नकारत्मक रहँदा मन अशान्त हुनसक्छ।

प्रकाशित : आइतबार, पुष २५, २०७८१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज सोमबारको राशिफल : यी ५ राशिलाई शुभ, ७ राशिलाई अशुभ छ आजको दिन