एजेन्सी : भारतीय चलचित्र उद्योग बलिउडमा अभिनेत्रीहरुको सौन्दर्यमा उनीहरुको उचाईको योगदान पनि निकै महत्वपूर्ण मानिन्छ। बलिउडमा अभिनयमा मात्र नभई हाइटको मामिलामा पनि हिरोलाई पछाडी पार्ने थुप्रै अभिनेत्रीहरु छन्। आज हामी तपाईलाई बलिउडका यी ८ अभिनेत्रीहरुको परिचय गराउँछौँ, जो अग्ला कदका छन्। जसमध्ये एक अभिनेत्री यति अग्ली छिन् कि फिल्मको एक सिन शूट गर्नको लागि हिरोले स्टूल प्रयोग गर्नु परेको थियो।
१. युक्ता मुखी(Yukta Mookhey) : –
फिल्म ‘प्यासा’ मा देखिएकी पूर्व मिस वर्ल्ड युक्ता मुखीको उचाई ६ फिट १ इन्च छ।
२. सुस्मिता सेन(Sushmita Sen) : –
सुष्मिता सेन बलिउडकी अग्ली अभिनेत्री हुन्। सुष्मिताको उचाई ५ फिट ९.५ इन्च छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म ‘क्योंकि मैं झूठ नहीं बोलता’ मा गोविन्दाले एउटा सिनको लागि स्टूल प्रयोग गर्नुपरेको बताइएको छ।
३. अनुष्का शर्मा(Anushka Sharma) : –
अनुष्का शर्माको उचाइ ५ फिट ९ इन्च छ ।
४. दीपिका पादुकोण(Deepika Padukone) : –
बलिउडकी ‘मस्तानी’ अर्थात् दीपिका पादुकोण पनि अग्ली नै छिन्। दीपिकाको उचाई पनि अनुष्काको बराबर अर्थात् ५ फुट ९ इन्च छ।
५. नरगिस फाखरी(Nargis Fakhri) : –
नरगिस फाखरी पनि बलिउडकी सबैभन्दा अग्लो नायिकामध्येकी एक हुन्। उनको उचाई ५ फुट ८.८ इन्च छ।
६. कट्रिना कैफ(Katrina Kaif) : –
बलिउड अभिनेत्री कट्रिना कैफ पनि निकै अग्ली छिन्। उनको उचाई ५ फुट ८.५ इन्च छ।
७. बिपाशा बसु(Bipasha Basu) : –
बिपाशा बसुको उचाई ५ फुट ८.५ इन्च छ।
८. सोनम कपूर(Sonam Kapoor) : –
अनिल कपूरकी छोरी सोनम कपूर पनि अग्ली कदकी नै छिन्। सोनम ५ फुट ८ इन्च अग्ली छिन्।