माघे संक्रान्तिको दिन सूर्य मकर राशिमा गोचर हुने, यी ३ राशिको खुल्नेछ भाग्यको द्वार

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुन्छ।  साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने विश्वास गरिन्छ। माघे संक्रान्तिका दिनदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिन्छ।

माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्नेछ तर उक्त राशिमा पहिल्यैदेखि शनिदेव र बुधदेव विराजमान छन्। सूर्यको यो गोचरको प्रभाव सबै राशिका जातकहरुका जीवनमा पर्ने देखिन्छ। तर यी ३ राशिका व्यक्तिहरुका लागि यो गोचर सबैभन्दा शुभ साबित हुनेछ। ज्योतिष अनुसार यी व्यक्तिहरुका भाग्यको द्वार खुल्ने प्रबल सम्भावना छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यो गोचर तपाईको लागि धेरै शुभ साबित हुनेछ। सरकारी जागिर या राजनीतिमा संलग्न व्यक्तिहरुले यस समयावधिमा प्रशस्त लाभ प्राप्त गर्नेछन्। यस समयावधिमा हरेक क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। यस अवधिमा तपाईले गरेको कामको प्रशंसा हुनेछ। तपाई आफ्नो अलग पहिचान बनाउन सक्षम हुनुहुनेछ। तपाईको बढुवा या तलब वृद्धि हुन् सक्छ। आर्थिक दृष्टिकोणले यो अवधि तपाईका लागि शानदार रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो गोचरले तपाईको लागि अनुकूल परिस्थिति पैदा गर्नेछ। कार्यस्थलमा तपाईले भरपूर मान सम्मान पाउनुहुनेछ। यस अवधिमा प्रतियोगात्मक परीक्षाको तयारीमा लागेकाहरूले परीक्षामा सफलता पाउन सक्छन्। आर्थिक स्थितिमा सुधार आउनेछ। तलब वृद्धिको प्रबल सम्भावना छ। यस अवधिमा नसोचेको ठाउँबाट धन लाभ हुने योग छ। कतै रोकिएका धन प्राप्त हुनेछ। तपाईको जीवन सुखद् र आनन्दमय हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तपाईको आर्थिक स्थितिमा सुधार आउने सम्भावना छ। तपाई धन सञ्चय गर्नमा सफल हुनुहुनेछ। लगानीको लागि समय शानदार देखिन्छ। यदि कुनै नयाँ कामको थालनी गर्न चाहनुहुन्छ भने यो समय एकदमै अनुकूल रहनेछ। नयाँ कामको प्रशस्त प्रस्तावहरु आउनेछन्।

प्रकाशित : आइतबार, पुष २५, २०७८१४:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज २९ वर्षपछि शनि र सूर्यको मिलन हुँदै, यी ५ राशिलाई हुनेछ नसोचेको लाभै-लाभ !