दक्षिण भारतका सुपरस्टार महेश बाबुको दाइको निधन

दक्षिण भारतको फिल्म निर्माता तथा साउथ सुपरस्टार महेश बाबुका जेठो दाजु रमेश बाबु गरुको निधन भएको छ । उनको लामो समय देखि स्वास्थ्यमा समस्या आएको भारतीय सञ्चार माध्यमले जनाएको छ । रमेश बाबु सुपरस्टार कृष्णका जेठा छोरा थिए । उनको निधनपछि दक्षिण भारतीय फिल्म क्षेत्र स्तब्ध भएका छ । रमेश बाबुको निधनमा पीन कल्याणलगायत धेरै सेलिब्रेटीले शोक व्यक्त गरेका छन् ।

एक दिन अघि सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना भएको जानकारी गराएका रमेश बाबुको आज निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रमेश बाबु गरुको निधनको खबर निर्देशक रमेश वर्माले पनि पुष्टि गरेका छन् । रमेश वर्माको वर्माको ट्वीट देखेर अहिले अभिनेताका फ्यान स्तब्ध भएका छन् । अहिले मानिसले हरुले सामाजिक सञ्जाल मार्फत कृष्ण गरु, महेश बाबु गरू र सम्पूर्ण परिवारलाई समवेदना दिइरहेका छन् ।

अभिनेता महेश बाबुजस्तै उनका दाजु पनि साउथ इन्डस्ट्रीका चर्चित अनुहार थिए । उनले सन १९७४ मा ‘अल्लुरी सीतारामराजु’ बाट अभिनय क्षेत्रमा डेब्यू गरेका थिए। यस फिल्मपछि रमेश बाबुले ‘ना इले ना स्वर्गम’, ‘अन्ना चेलेलु’, ‘चिन्नी कृष्णडु’ जस्ता हिट फिल्म सहित धेरै तमिल फिल्महरूमा काम गरे। रमेश बाबुले कान्छो भाइ महेश बाबुसँग पनि धेरै फिल्ममा सँगै काम गरिसकेका छन् ।

प्रकाशित : आइतबार, पुष २५, २०७८१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् बलिउडका सबैभन्दा अग्ली अभिनेत्रीहरु, यस अभिनेत्रीको लागि हिरोले लिन्थे स्टूलको सहारा