एजेन्सी : दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु(Samantha Ruth Prabhu)ले आफ्नो दमदार अभिनयको दममा मानिसहरूको मनमा राज गरेकी छिन्। आफ्नो अभिनय कौशलताले उनले आफ्नो अलग पहिचान बनाएकी छिन्। साथै ‘ऊ अन्टावा (Oo Antava)’ जस्ता उत्कृष्ट आइटम गीत दिएर पनि उनले अहिले निकै तारिफ पाइरहेकी छिन्। अहिले यो गीतको बिहाइन्ड द सिन भिडियो खुब चर्चामा रहेको छ।
सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भईरहेको छ। जसमा सामन्था रुथ ‘ऊ अन्टावा’ गीतमा डान्स रिहर्सल गरिरहेकी छिन्। भिडियोमा सामन्था पसिनै-पसिनाले भिजेर कडा मिहिनेत गरिरहेको देख्न सकिन्छ। उनको अनुहारमा डान्स प्राक्टिसको थकान प्रस्टै देखिन्छ। भिडियोमा सामन्थाले पनि कोरियोग्राफरले उनलाई नराम्रोसँग थकाएको बताएकी छिन्।
चलचित्र ‘पुष्पा’ मा देखिएकी सामन्थाको यो पहिलो आइटम गीत हो। गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ। सामन्थाको डान्सलाई मानिसहरुले निकै रुचाएका छन्। यहीँ कारण गीतको बिहाइन्ड द सिन भिडियो पनि मानिसहरुबीच खुब भाइरल भईरहेको छ। फिल्म ‘पुष्पा’ तेलुगु, तमिल, हिन्दी, मलयालम र कन्नड गरी ५ अलग-अलग भाषामा बनेको छ।
फिल्ममा अल्लू अर्जुन (Allu Arjun) र रश्मिका मण्डाना प्रमुख भूमिकामा छन्। सामन्थाको वर्कफ्रन्टको बारेमा कुरा गर्दा उनी चाँडै पौराणिक फिल्म ‘शकुन्तलम(Shaakuntalam)’ मा देखिनेछिन्।
भिडियो यहाँ हेर्नुहोस् : –
#OoAntavaOoOoAntava Song Behind The Scenes @Samanthaprabhu2! 🔥🔥🔥
▶️https://t.co/qKMaqbbHes#PushpaTheRise #Samantha #SamanthaRuthPrabhu pic.twitter.com/7AgzyZ6QXE
— Troll Who Trolls Samantha™ (@TeamTWTS) January 6, 2022