पुरानो घरमा दम्पत्तिले भेट्टाए बक्स, खोलेर हेर्दा रातारात बने मिलिनियर

एजेन्सी : हाम्रो जीवनमा संयोगहरु अनेकन आउँछन् । जीवनमा अकल्पनीय घटनाहरु घटिरहेका हुन्छन्। कहिलेकाहीँ हाम्रो जीवनमा आउने संयोगहरु हाम्रा लागि महँगो साबित पनि हुन् सक्छ, त कहिले त्यहीँ संयोगले हाम्रो जीवनलाई कायापलट पार्न पनि सक्छ। यस्तै एउटा संयोगले एक जोडीको जीवन नै बदलिदियो। खासमा दम्पत्तिले एक नयाँ घर खरिद गरेका थिए, जहाँ तिनले वर्षौँ पुरानो सामान भेट्टाउदा तिनको भाग्य नै चम्कियो।

हरेक दम्पत्तिको सानै भए पनि आफ्नै घर किन्ने या बनाउने सपना हुन्छ। घरकै लागि भनेर दिनरात नभनी मिहिनेत गरी पैसा जम्मा गर्छन्। त्यसैगरी एक दम्पत्तिले पनि एक घर खरिद गरे र अलिअलि सरसफाई गरी त्यहाँ बस्न गए। घरमा बस्न लागेको केही दिनपछि यी दम्पत्तिले आफ्नो घरको बेसमेन्ट सरसफाई गर्ने र मर्मतसम्भार गर्ने विचार गरे।

त्यहीँ अनुरुप सरसफाई गर्नतिर लागे र त्यहीँबीच बेसमेन्टको सिलिङमा रहेको वस्तुले दम्पत्तिको ध्यान खिच्यो। सिलिङमा एउटा पुरानो लन्चबक्स थियो। सुरुमा पुरानो देखेर तिनले त्यसलाई फाल्ने विचार गरेका थिए तर जब पत्नीले उक्त बक्स खोलेर हेरिन्, तब उनी तीनछक्क परिन्।

पुराना घरहरुमा पुराना सामानहरु भेट्टाउनु कुनै नौलो कुरा हैन। तर किस्मत नै चम्काउने खाले कुरा भेटिनु भनेको लक्ष्मी दाहिना हुनु बराबर हो। वास्तवमा उक्त बक्स खोल्दा त्यसभित्र सन् १९५१ का केही पुराना अखबार भेट्टाए। सुरु यी दम्पत्तिले आखिर किन यति पुराना अखबार यसरी बक्समा हालेर जतनका साथ राखे होलान् भनेर सोचे।

तर जब तिनले पुरानो अखबार निकालेर मुनि हेरे दुवैजना छक्क परे। पत्रिकामुनि दुई प्लास्टिकले बेरिएको प्याकेट थियो र प्याकेटमा अमेरिकी डलर थियो। पुरानो लन्चबक्सभित्र पत्रिकामुनि धेरै अमेरिकी डलर सुरक्षित राखिएको थियो, जहाँ लगभग १५ लाख डलर जति रकम थियो। पुरानो लन्चबक्सले यस दम्पत्तिको भाग्य नै चम्कायो। उनीहरुको खुशीको कुनै सीमा छैन।

प्रकाशित : शनिबार, पुष २४, २०७८१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोचक खबर- नेपालमा पाइने यस्तो अनौठो चरा जसले कहिल्यै जमिनमा आफ्नो खुट्टा राख्दैन, यस्ता छन् विशेषता