रोचक खबर- नेपालमा पाइने यस्तो अनौठो चरा जसले कहिल्यै जमिनमा आफ्नो खुट्टा राख्दैन, यस्ता छन् विशेषता

पृथ्वीमा धेरै प्रकारका जनावर र पंक्षीहरू बस्छन्। रुखमा बसेका तथा आकाशमा उडेका चाराहरु देख्नु भएको होला । जमिनमा पाइने चराहरु पनि धेरै प्रकारका हुन्छन् त्यसमा धेरै जस्तो आकाशमा उड्ने गर्छन् र रुख, पहाडको कापमा र मानिस बस्ने घरको कुनै स्थानमा बस्ने हुन्छन् । आज हामी तपाई हरुलाई यस्तो पंक्षीको बारेमा बताउने छौँ जुन पंक्षी कहिले पनि जमिनमा बस्दैन ।

त्यसतैमा एक चराको नाम हो हरियाली जसले कहिले पनि जमिनमा खुट्टा राख्दैन । यस चराले प्राय: पिपल र वरको रुखमा गुड बनाउँछ । गुँड बनाउँछ । हरियाली चराले घाँसको, पराल र रुखको पातको गुँड बनाउँछ । यो चराको बारेमा यो पनि भनिन्छ कि उनीहरु घना जंगल भएको अग्लो रुखमा गुँड बनाउन रुचाउँछन् ।

यस चरालाई हेर्दा सुगा जस्तै देखिन्छ । यो चराको रंग खैरो र हरियो मिश्रित छ। यस चराको जिउमा पहेँलो धर्सा हुन्छ । यो चराको चुच्चो बाक्लो र बलियो हुन्छ। आँखाहरू नीलो रङका हुन्छन् र तिनीहरूको वरिपरि गुलाबी घेरा हुन्छ। यो चरा हरियाली जंगल भएको पहाडमा बस्न रुचाउँछन् । यी चारा जमिनमा आउन मन पराउँदैनन्, त्यसैले रुख तथा आकाशमा नै बस्न रुचाउँछन् ।

यस चारा नेपाल  बाहेक भारत, पाकिस्तान, श्रीलंका, बर्मा, चीन आदि देशमा पनि यी चरा पाइन्छ । भनिन्छ यो चरा निकै लजालु हुन्छ त्यसैले मान्छे आवाज सुनेपछि चुपचाप बस्छन्।

प्रकाशित : आइतबार, पुष २५, २०७८१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोचक: संसारको सबैभन्दा ठूलो हिन्दू मन्दिर भएको देश, तर यहाँ कोही पनि छैनन् हिन्दु!