♦ ज्योतिषाचार्य दामोदरनाथ लोहनी
• साताको राशिफल : (पुस २४ देखि पुष ३० गतेसम्म)
• साताको चाड : – २५ गते रवि सप्तमी व्रत । २६ गते अष्टमी व्रत । २७ गते पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस । २९ गते पुत्रदा एकादशी व्रत, मन्वादी । ३० गते मुस्याडूली।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सुरुका दुई दिनमा खर्च प्रशस्त भए पनि बाँकी दिन राम्रा खालका छन् । पहिले खडा भएका समस्या बिस्तारै हल हुँदै जानेछन् । आर्थिक स्थिति पनि सप्रिएर आएको छ । व्यापार, व्यवसायको काममा बढी दौडधूप पर्ला । परिवारको सहयोगमा पनि कमी देखिन्न ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बीचमा नै रोकिएला । परिवारबाट जति सहयोग पाउनुपर्ने हो, त्यति मिल्ने छैन । त्यसैले गरेको काम अधुरो हुन सक्छ । गणेशको दर्शन गर्नुहोस् । व्यापारसम्बन्धी कामबाट भने गतिलै फाइदा होला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
बुधबारसम्मका दिनहरू राम्रा खालका छन् । आर्थिक स्थिति सप्रनुका साथै केही नयाँ कामसमेत तपाईंको हातमा पर्न सक्छ । नोकरीबाट कम र व्यवसायबाट बढी फाइदा हुनेछ । वाणीमा भने अझैँ पनि आकर्षण आउन सकेको छैन । त्यसैले थोरै बोल्नुमा नै कल्याण छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । असल खालका काम गर्नतिर मनको प्रवृित्त जाला भने गरेका काम बन्ने पनि छन् । आर्थिक स्थिति सप्रिँदै जानेछ । हातले समातेको व्यवसायमा पनि प्रगति हुने देखिन्छ । पारिवारिक किचलो हटाउनका लागि देवीको दर्शन गर्नुहोस् ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सुरुका दुई दिन त्यति राम्रा छैनन् । खर्च प्रशस्त भएर पनि सोचेको जति काम बन्नेछैन । सोमबारदेखि मात्र सुधार भएर आउला । तैपनि आर्थिक स्थिति सही मोडमा गएको देखिन्न । पढाइको क्षेत्रमा राम्रै सुधार हुनेछ । त्यस्तै जागिरतिर पनि उज्याला रेखाहरू देखा पर्नेछन् ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सुरु र पछिल्ला भाग राम्रो भए पनि साताको मध्य भागले खिन्नता बढाउने छ । खासगरी सोमबारको दिनमा तपाईंको प्रतिष्ठामा आघात पर्न सक्ने काम होला । शिक्षाको क्षेत्रमा अझैँ पनि सोचेको जति प्रगति देखिन्न तर साहस भने कत्ति पनि घट्ने छैन।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
सातालाई त्यति राम्रो मान्न सकिन्न । व्यर्थका वादविवाद परिरहनेछन् । आर्थिक लाभ अलिकति भए पनि त्यसलाई बचत गर्न सक्नुहुने छैन । रिस गर्नेहरू बढिरहेका छन् भने मद्दत गर्नेको सङ्ख्या साह्रै कम छ । शिव र गणेशको सेवा नगरीकन समस्याबाट मुक्ति पाइने छैन।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
बाधा दिनेहरू त छन् तर तिनीहरूसँग मुकाबिला गर्न सक्ने सामथ्र्य छ । पैसाको सञ्चय नभए पनि राम्रो काममा खर्च हुनाले खिन्नता हुने छैन । खासगरी यो सातामा पढाइ र लेखाइतिर नै समय बढी खर्च होला । मित्रहरूले दिएको सल्लाहको उपेक्षा नगर्नुहोस्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सुरुका दिनमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । पेट बिग्रने अथवा ज्वरो आउने समस्याले सताउला । सोमबारदेखिका दिन राम्रा खालका छन् तर आर्थिक स्थिति भने त्यति राम्रो रहने छैन । पढाइतिर हाल मध्यम प्रगति मात्र छ । परिवारका लागि बढी खर्च होला।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
काम गर्ने हौसला प्रशस्त छ । यसबाट नै आर्थिक लाभ गर्नु हुनेछ । व्यापारसम्बन्धी काममा परिश्रम बढेझैँ फाइदा पनि लिन सक्नु हुनेछ । जागिरतिर खास नराम्रो स्थिति रहने छैन । साताको मध्य भागमा स्वास्थ्यसम्बन्धी समस्या परेर अलिकति पिरलो थपिएला । शिवलाई मान्नुहोस्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
नोकरीबाट भन्दा व्यापारका कामबाट राम्रो फाइदा हुनेछ । विद्यार्थी वर्गका लागि यो सातालाई मध्यम रूपमा लिन सकिन्छ । यात्राको सम्भावनासमेत टड्कारो रूपमा देखा पर्दैछ । बिहीबारको दिनमा भने अनिश्चयको वातावरण बन्नसक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
साता राम्रो खालको छ । सुरुका दिनमा मित्रसँग भेटघाट हुनुका साथै भोजभतेरसमेत पर्नेछन् । सोमबार र मङ्गलबारको दिनमा गतिलैसित आर्थिक लाभ हुन जाला । बुधबारदेखि शुक्रबारसम्मका दिन सफलता दिने खालका छन् । भगवतीको दर्शन भने नित्य गर्नुहोस्।