राजामौलीको ‘आरआरआर’ रिलिज हुन नपाउँदै कानूनी समस्यामा !

चर्चित फिल्म निर्देशक एस.एस. राजामौलीको फिल्म ‘आरआरआर’लाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । यो चलचित्रलाई दर्शकले निकै उत्सुक्ताका साथ प्रतीक्षा गरिरहेका छन् । तर अहिले यो फिल्म रिलिज हुनुअघि नै कानुनी झमेलामा फसेको छ । फिल्मको रिलिजमा रोक लगाउन माग गर्दै यस विरुद्ध तेलंगाना उच्च अदालतमा जनहित निवेदन दायर गरिएको छ ।

भारतीय मिडिया रिपोर्टका अनुसार फिल्ममा दुई स्वतन्त्र सेनानीको इतिहास देखाइएको छ जसलाई गलत ढंगले प्रस्तुत गरिएको भनिएको छ । यस फिल्म ‘आरआरआर’ विरुद्ध पश्चिम गोदावरी जिल्लाका एक विद्यार्थीले अदालतमा निवेदन पेश गरेका छन् । चलचित्रमा धेरै ऐतिहासिक तथ्यलाई छेडिएको विद्यार्थीको भनाइ छ । यसतर्फ सेन्सर बोर्डले ध्यान दिनुपर्छ र कडा कदम चाल्नुपर्छ भन्ने उक्ता विद्यार्थीको भनाइ रहेको छ।

फिल्म ‘आरआरआर’ परेको यस मुद्दाको सुनुवाइ न्यायाधीश वेंकटेश्वर रेड्डी र उज्वल भुयनले गरेका छन्। अहिले यस मुद्दाको सुनुवाइ हुन बाकिछ। यस सम्पूर्ण विषयमा ‘आरआरआर’ को टोलीबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छैन । योसँगै फिल्मको रिलिजका लागि कति पर्खनुपर्ने हो भन्ने पनि कुनै पुष्टि नभएको भारतीय मिडियाको जनाएको छ ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएकी निर्बोध बच्चीलाई चिन्न सकेनन् कसैले पनि, अहिले बलिउडकी टप एक्ट्रेसमा पर्छिन्