एजेन्सी : सामाजिक सञ्जालमा बलिउड सेलिब्रेटीको तस्बिरहरु सार्वजनिक भईरहन्छन्। पछिल्लो समय एउटा तस्बिर इन्टरनेटमा भाइरल भईरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्बिरमा एक गोलु-मोलु बच्ची देखिएकी छिन्। डाइनिङ टेबलको कुर्सीमा बसेकी सानी बच्चीले सेतो रङ्गको लुगा लगाएकी छिन्।
तस्बिरमा देखिएकी यस निर्दोष बालिका अरु कोहीँ नभएर आजको समयको बलिउडको एक सफल अभिनेत्री हुन् र उनको नाम हो आलिया भट्ट। तपाईंले यो बिल्कुल सही सुन्नुभयो। यो सानी बच्ची आलिया भट्ट नै हुन्। उनको बाल्यकालको यो झलक देखेर उनलाई खासै कसैले चिन्न सकेनन्।
यो तस्बिर शायद आलिया २ देखि ३ वर्ष हुँदाको हुन् सक्छ। यहीँ बच्ची हुर्किंदै गएपछि बलिउडमा स्थापित भईन् र घरपरिवारको नाम चम्काईन्। अहिले हरेक प्रडक्सन हाउस उनीसँग काम गर्न चाहन्छन्। उनको सफलताको कारक निस्सन्देह उनको प्रतिभा र सुन्दरता हो। आलिया आफ्नो डेब्यु फिल्मबाट नै दर्शकको मनमुटुमा बसिन् र कम समयमै बलिउडको टप एक्ट्रेस बनिन्।
आलिया पछिल्लो समय रणवीर कपुरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यी दुई छिट्टै वैवाहिक बन्धनमा बाँधिदै छन्। आलियाको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी अहिले फिल्मको कारण चर्चामा छिन्। उनका फिल्महरु ‘आरआरआर’ (RRR), ‘गंगूबाई काठियावाडी’ (Gangubai Kathiawadi), ‘ब्रह्मास्त्र’ (Brahmastra) यहीँ वर्ष रिलिज हुँदैछन्।