काठमाडौँ : हरेक व्यक्ति जीवनमा कुनै न कुनै बेला समस्यामा परेका हुन्छन्। अझ प्रत्येक व्यक्तिको आ-आफ्नै गुप्त राज हुन्छ भन्दा मनासिब हुन्छ। मानिसहरु आफ्ना सुखदुखका कुराहरु विश्वासलायकका व्यक्तिहरुसँग राख्छन्। तर उनीहरुलाई केही समयपछि आफ्नो राज राजमै सीमित नरहेकोमा पछुतो लाग्छ। तिनको कुरा लगभग सबैलाई थाहा भईसकेको हुन्छ। ज्योतिषमा केही यस्ता राशिहरुका बारेमा बताईएको छ, जसले अरुको रहस्य धेरैबेर राख्न सक्दैनन्। तसर्थ यी राशिका व्यक्तिहरुलाई कहिल्यै आफ्नो रहस्य नबताउनुहोला।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातक निकै उत्साही र जोशिला हुन्छन्। तिनीहरूको यहीँ उत्साह र ऊर्जाले कहिलेकाहीँ मामिला गडबड गर्छ र सजिलैसँग अरूको रहस्य अरुअगाडी उजागर गरिदिन्छन्। यी व्यक्तिहरुलाई आफ्नो गोप्य राज नबताउँदा नै राम्रो हुन्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका व्यक्तिहरु बोलीबचनमा धेरै राम्रा हुन्छन् र मानिसहरूसँग सजिलै साथी बनाउँछन्। त्यसैले मानिसहरूले यिनलाई छिट्टै विश्वास गर्छन् र आफ्नो गोप्य कुरा बताउछन्। पछि पछुतो मान्छन्। किनकी यस राशिका मानिसहरुको कुरा काट्ने आदत हुन्छ र यिनले अरुको राज जोकोहीँलाई पनि बताउँछन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका मानिसहरुको मन र बोलीमा नियन्त्रण हुँदैन। यिनीहरु प्राय: यस्ता कुराहरु बोल्छन् जुन खासमा भन्नुहुँदैन। कसैको गोप्य कुरा पनि सबैको अगाडी बताउन हिच्किचाउदैनन्। त्यसैले यिनीहरुलाई आफ्नो गोप्य कुरा खोल्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका जातक बोल्नमा खप्पिस हुन्छन्। यिनीहरु जोकोहीँबाट पनि कुरा निकाल्न सक्छन्। यिनीहरुलाई धेरै सोचविचार गरेर मात्र भरोसा गर्नुपर्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिका व्यक्तिहरू सजिलै कसैलाई पनि आफ्नो बनाउँछन् र चाँडै उनीहरूलाई विश्वास गर्छन्। यहीँ चक्करमा कतिबेला आफ्नो र अरुको राज अरुलाई बताउँछन्, आफैँलाई पत्तो हुन्न। यिनलाई विश्वास गर्नु खतरा मोल्नु बराबर हो।