ज्योतिष शास्त्रका अनुसार धातुको धारणले मानिसको जीवन ठूलो प्रभाव पार्ने मान्यता रहेको छ । राशि अनुसारको धातुको औँठी बनाई धारण गर्नाले जीवनमा धेरै फाइदा हुने मान्यता रहेको छ । राशिका अनुसार फरक फरक धातुको औँठी धारण गर्नु शुभ मानिन्छ। जान्नुहोस् कुन राशिको मानिसले कुन धातुको औँठी धारण गर्नु शुभ हुन्छ ।
मेष राशि
मेष राशिका मानिसहरुका लागि तामाको औँठी लगाउनु शुभ मानिन्छ । आइतबार बायाँ हातको औँठी लगाउने औलामा तामाको औँठी लगाउनु पर्छ। यसको प्रभावले स्वास्थ्य राम्रो रहन्छ। साथै क्रोध नियन्त्रणमा हुन्छ ।
वृष राशि
वृष राशिको मानिसलाई दाहिने हातको बीचको औंलामा चाँदीको औँठी लगाउनु शुभ मानिन्छ । यस औँठी लगाउनको लागि वृष राशिको मानिसलाई शुक्रबार राम्रो मानिन्छ । वृष राशिको लागि चाँदीको औँठीले दाम्पत्य जीवनमा खुशी ल्याउनेछ। यस बाहेक आर्थिक समस्याबाट मुक्ति मिल्नेछ।
मिथुन राशि
मिथुन राशिको लागि बुधबारको दिन पारेर दाहिने हातको कान्छी औँलामा काँसाको औँठी लगाउनु शुभ मानिन्छ । जसको कारण करियरमा छिटो प्रगति हुनेछ । यससँगै मनको दुबिधा पनि समाप्त हुनेछ।
कर्कट राशि
कर्कट राशिका मानिसका लागि चाँदीको औँठी लगाउनु शुभ मानिन्छ । यस औँठीको धारणको लागि सोमबार कान्छी औंलामा लगाउनु शुभ मानिन्छ । यसले प्रभावको कारण सम्बन्धमा आएको समस्याको समाधान हुन्छ । साथै मन नियन्त्रण रहनेछ। यसका साथै स्वास्थ्य पनि राम्रो रहनेछ।
सिंह राशि
सिंह राशिको लागि आइतबार दाहिने हातको औँलामा सुनको औँठी लगाउनु शुभ हुनेछ । यस औँ प्रभावले जीवनले जीवनमा आएका कठिनाइहरू सहज हुनेछन्।
कन्या राशि
सुन र चाँदी बराबर मात्रामा मिसाएर बनाएको औँठी कन्या राशिका मानिसलाई धारण गर्नु शुभ मानिन्छ । कन्या राशिका मानिसलाई बुधबारको दिन यो औँठी लगाउनु शुभ दिन हुनेछ। यसको प्रभावले काममा बाधा अड्चनबाट बच्न सकिनेछ।
तुला राशि
तुला राशि भएका मानिसले दाहिने हातको चोर औंलामा चाँदीको औँठी लगाउनुहोस्। शुक्रबार साँझ यो औँठी धारण गर्नु शुभ साबित हुनेछ। यसको प्रभावको कारण तपाईं अनावश्यक खर्चबाट छुटकारा पाउनुहुनेछ।
वृश्चिक राशि
वृश्चिक राशि भएका मानिसलाई तामाको औँठी लगाउनु शुभ हुनेछ। यसलाई आइतबार देब्रे हातको साइली औँलामा लगाउनु शुभ हुनेछ । लगाउनुहोस्। यसबाहेक सोमबार कान्छी औंलामा चाँदीको औँठी लगाउनु पनि शुभ हुनेछ । यसको प्रभावले पारिवारिक जीवन सुखमय हुनेछ। यसका साथै सन्तानसँग सम्बन्धित समस्या पनि हट्नेछ ।
धनु राशि
धनु राशि भएका मानिसले दाहिने हातको साइली औंलामा सुनको वा पीतलको औँठी लगाउनुहोस्। बिहीबार यसलाई लगाउनको लागि शुभ दिन हुनेछ। यसको प्रभावले कार्यक्षेत्रमा सफलता मिल्नेछ ।
मकर राशि
शनिबार बायाँ हातको बीचको औँलामा स्टिलको औँठी लगाउनुहोस्। यसको प्रभावको कारण सबै समस्याबाट छुटकारा पाउनुहुनेछ। मकर राशि भएका मानिसले सुन लगाउनबाट बच्नुपर्छ।
कुम्भ राशि
कुम्भ राशि भएका मानिसले बायाँ हातको बीचको औँ फलामको औँठी लगाउनु शुभ हुनेछ । जसको प्रभावको कारण आलस्यताबाट छुटकारा मिल्नेछ, जसको कामको फल राम्रो हुनेछ।
मीन राशि
मिन राशि भएका मानिसले दाहिने हातको साइली औँलामा काँसाको औँठी लगाउनु शुभ हुनेछ । यस औँठी लगाउनको लागि बिहीबार शुभ दिन हुनेछ। यसको प्रभावले स्वास्थ्य र प्रकृति दुवै राम्रो हुनेछ।