जीवनमा हासिल गर्नुहोस् यी ३ चीज, दुश्मनले पनि गर्नेछन् तपाईको तारिफ

काठमाडौँ : हरेक व्यक्ति पद, पैसा र धेरै मान-सम्मान पाउन चाहन्छन्। तर यी सबै योग्य र कर्मठ मानिसहरुले मात्र पाउँछन्। भाग्यले पाएका कुनै पनि कुरा लामो समय टिक्दैन्। आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता ३ कुरा उल्लेख गरेका छन्, जुन व्यक्तिले पाएमा अपार सम्मान पाउँछन्। शत्रुले पनि तिनको प्रशंसा गर्छन्। यसका साथै यस्ता व्यक्तिहरुले पैसा र सफलता पनि पाउँछन्।

आचार्य चाणक्यका अनुसार यदि व्यक्तिमा केही खास गुणहरु भए दुश्मन पनि तिनको प्रशंसा तारिफ गर्न बाध्य हुनेछन्। तारिफ चाहे अगाडी गरुन् या पीठ पछाडी। जीवनमा सफलताको शिखर चुम्न यी ३ चीज हासिल गर्नुपर्छ।

ज्ञानवान बन्नुहोस् : बुद्धिमान र ज्ञानी व्यक्तिलाई सबै ठाउँमा सम्मान गरिन्छ। त्यसैले उमेरको हरेक चरणमा सकेसम्म धेरै ज्ञान आर्जन गर्ने प्रयास गर्नुहोला र ज्ञान अरुलाई पनि बाड्नुहोला। यसोगर्दा शत्रुको नजरमा पनि तपाईप्रति इज्जत बढ्नेछ।

संस्कारी बन्नुहोस् : यदि व्यक्ति ईमान्दार र संस्‍कारी छन् भने उसमाथि कसैले पनि गलत आरोप लगाउन सक्दैनन्। यहीँ कारणले शत्रुले हरसम्भव प्रयास गरेर पनि तपाईको छवि धूमिल पार्न सक्दैन्।

कुशल बन्नुहोस् : जो व्यक्ति कुनै नै कुनै काममा निपुण हुन्छन्, तिनीहरुले सधैँ सम्मान र पैसा पाउँछन्। त्यस व्यक्तिको कौशलता देखेर दुश्मन पनि तारिफ गर्न बाध्य हुन्छन्।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१४:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस्, कुन अक्षरबाट नाम सुरु भएका युवतीले सजिलै जित्छन् केटाको मन ?