केही मानिस यस्ता पनि हुन्छन् जसले महिनाको थुप्रै पैसा कमाउँछन् । तर महिनाको अन्त्यमा ती मानिसलाई पैसाको लागि अरुको भर पर्ने हुन्छन् । त्यसैले भन्ने गरिन्छ पैसाको उचित व्यवस्था गर्नु पर्छ । अनावश्यक खर्च गर्ने वा प्राथमिकता अनुसार खर्च नगर्ने बानीले न बचत गर्न दिन्छ न आरामले बाँच्न दिन्छ । ज्योतिष शास्त्रका अनुसार केही राशि भएका व्यक्तिहरू पैसा कमाउन र त्यस अनुसार चलनको लागि निकै सिपालु हुन्छन् ।
वृष राशि
वृष राशिका मानिस सधैँ राम्रो चिज मात्र रुचाउने गर्छन् र उनीहरु त्यस्ता चिजलाई आफ्नो बनाउने प्रयासमा रहन्छन् जुन एकदमै राम्रो र उत्कृष्ट हुन्छ । यस राशिका मानिस आफ्नो चाहनाहरु पुरा गरेर पनि आफ्नो कमाइबाट बचत गर्न सिपालु हुन्छन् । यस राशिका मानिस आर्थिक व्यवस्थापन र यसको प्रयोगमा सधैँ सजग हुन्छन् । त्यसैले यस राशिका मानिस हरेक महिना थोरै बचत गरेर पनि बलियो बैंक ब्यालेन्स बनाउँछन्।
मिथुन राशि
मिथुन राशिका मानिस कुनै पनि स्थानमा आर्थिक लगानी गर्नको लागि निकै सजग हुन्छन् । मिथुन राशिका मानिस कुनै पनि कामको योजन बनाउन माहिर हुन्छन् र लगातार आफ्नी आर्थिक लगानीबाट मुनाफा कमाइ रहन्छन् । यी राशिका मानिसहरूलाई कहिल्यै पैसाको अभाव हुँदैन। यदि यी व्यक्तिहरू व्यापारमा छन् भने तिनीहरूले धेरै पैसा कमाउँछन्।
सिंह राशि
सिंह राशिका व्यक्ति धनको मामिलामा भाग्यशाली हुन्छन् र यिनीहरूले सधैँ धनको उचित प्रयोग गरेर धन वृद्धि गरिरहन्छन्। यी मानिसहरूलाई लगानीको धेरै विचार पुर्याउने स्वभावका हुन्छन् । त्यसैले यिनीहरु कम लगानी गरेर पनि ठूलो पैसा कमाउँछन्। यस राशिका मानिस सधैँ बचतमा ध्यान केन्द्रित हुने गर्छन् ताकि धेरै र धेरै पैसा लगानी गर्न सकियोस् ।
मकर राशि
मकर राशिका व्यक्तिहरूले महँगो चीजहरूमा पैसा खर्च गर्दैनन् जबसम्म उनीहरूलाई यस्ता चिज धेरै महत्त्वपूर्ण वा उपयोगी लाग्दैन। तिनीहरू अनावश्यक रूपमा पैसा खर्च गर्नु भन्दा बचतमा बढी जोड दिने गर्छन्। जसका कारण कयौँ पटक उनीहरु आफ्नो पैसाको आनन्द लिन सक्दैनन् र यस राशिका परिवार वा छोराछोरीले यस पैसामा रमाइलो गर्छन् ।