एजेन्सी : आज दीपिका पादुकोणको ३६ औँ जन्मदिन हो। आफ्नो छोटो फिल्मी करियरमा उत्कृष्ट फिल्महरु दिएर शीर्षस्थानमा पुगेकी दीपिकालाई मानिसहरु बलिउडको ‘मस्तानी’ भन्ने गर्छन्।
बलिउड सुन्दरी दीपिका एक स्पष्ट वक्ताको रुपमा परिचित छिन्। उनी बेला-बेलामा आफ्नो बयानको कारण चर्चामा रहन्छिन्।
कोमल हृदयकी दीपिका पादुकोण धार्मिक आस्था मान्छिन्। उनी प्राय: मन्दिरहरुमा दर्शन गर्न गईरहेकी हुन्छिन्। उनी गणेश भगवानमाथि धेरै विश्वास गर्छिन्।
दीपिकाले नारीलाई इच्छाशक्ति, दिमाग र बलवानको रुपमा प्रस्तुत गरेकी छिन् नकि नारी कमजोर र अबला हुन्छन्।
दीपिकाले सन् २०१५ को एक अन्तर्वार्तामा आफू डिप्रेसनको शिकार भएको बताएकी थिईन्।
उनले भारतको लोकप्रिय पत्रिका हिन्दुस्तान टाइम्समा स्तम्भ लेखन पनि गरेकी छिन्। उनी राष्ट्रियस्तरसम्मको ब्याडमिन्टन खेलाडी पनि हुन् तर अन्तर्राष्ट्रियस्तरमा जानु अघि उनले मोडेलिङलाई आफ्नो करियर बनाइन्।
सन् २०१० मा दीपिकाले महाराष्ट्रको अम्बेगाउँ(Ambegaon) गोद लिएकी थिईन्। यो गाउँको रेखदेख उनले गर्दै आएकी छिन्।
दीपिका एक अनुभवी एवं प्रतिभावान् कलाकार हुन्। उनी कहिलेकाहीँ आफ्नो अनौठो फेशनको कारण ट्रोल पनि हुन्छिन्।
लामो डेटिङपछि दीपिकाले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरिन्। यसअघि उनको नाम सिद्धार्थ माल्या, महेन्द्र सिंह धोनी, युवराज सिंह र रणवीर कपुरसँग जोडिएको थियो।
सेलेब्रिटी नेटवर्थको रिपोर्ट अनुसार दीपिका ३५१ करोड भारु सम्पत्तिकी मालिक्नी हुन्।
दीपिका पादुकोण बलिउडको अहिलेसम्मकै महँगो अभिनेत्री हुन्। उनले एउटा फिल्मको १५-१६ करोड भारु पारिश्रमिक लिन्छिन्।
दीपिका पादुकोण र रणवीर सिंहको जोडीलाई फ्यानहरूले दीपवीर(DeepVeer) भनेर पनि बोलाउँछन्।
सन् २०१८ मा विवाह भएको एक वर्षपछि सन् २०१९ मा रणवीर-दीपिका जोइन्ट नेटवर्थ करिब १६० करोड भारु थियो।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दीपिकाले एउटा विज्ञापनको लागि हरेक ब्राण्डबाट करिब ८ करोड भारु लिन्छिन्।