बलिउड अभिनेत्रीहरुलाई आछ्यु-आछ्यु पार्नेछन् यी ७ साउथ अभिनेत्रीहरुले, हुनेछ कडा टक्कर

एजेन्सी : साउथ फिल्मको भारत र भारतबाहिर पनि राम्रै दबदबा छ। यससँगै साउथका प्रतिभाशाली अभिनेत्रीहरु पनि पछाडी छैनन्। हिन्दीभाषी क्षेत्रहरुमा पनि साउथ फिल्मले राम्रो व्यापार गर्छ। सन् २०२२ मा थुप्रै साउथ अभिनेत्रीहरु बलिउडमा कदम राख्दैछन् र बलिउड अभिनेत्रीहरुसँग कडा प्रतिस्पर्धा गर्नेछन्।

सन् २०२१ मा वेब सिरिज ‘द फेमिली म्यान २’ राजीको उत्कृष्ट भूमिका निभाएपछि बलिउडमा सामन्थाको लोकप्रियता पनि निकै बढेको छ। यहीँ कारण बलिउडका थुप्रै निर्देशक उनीसँग काम गर्न चाहन्छन्। सञ्चारमाध्यमहरुका खबर अनुसार सामन्थाले तापसी पन्नुसँग एक फिल्ममा साइन गरेकी छिन्।

हालै साउथ फिल्म पुष्पामा देखिएकी रश्मिका यसै वर्ष बलिउडमा डेब्यु गर्दैछिन्। उनी सिद्धार्थ मल्होत्रासँग फिल्म ‘मिशन मजनु’  मा देखिनेछिन्।

श्रिया प्रकाश राजको रोमान्टिक कमेडी ड्रामामा देखिनेछिन्। चलचित्रको नाम भने अझैँ फाइनल भईसकेको छैन। यसमा नाना पाटेकर र तापसी पन्नू पनि मुख्य भूमिकामा छन्।

नयनताराले पनि बलिउडमा पाइला राख्ने भएकी छिन्। उनी निर्देशक एट्लीको निर्देशनमा बन्न लागेको फिल्ममा शाहरुख खानको अपोजिटमा देखिनेछिन्।

वेबसिरिज ‘द फेमिली म्यान’ मा सुचित्राको भूमिकाबाट राम्रो प्रशंसा पाएपछि प्रियामणि अब अजय देवगनको फिल्म ‘मैदान’ मा देखिनेछिन्।

तमन्ना भाटिया फिल्म ‘बोले चुडियाँ’ मा नवाजुद्दीन सिद्दीकीसँग देखिनेछिन्। फिल्म नवाजका भाइ शमस नवाब सिद्दीकीले निर्माण गर्दैछन् ।

साउथ फिल्म ‘अर्जुन रेड्डी’ की अभिनेत्री शालिनी पाण्डे सन् २०२२ मा बलिउडमा डेब्यु गर्दैछिन्। उनी रणवीर सिंहको अपोजिट ‘जयेशभाई जोरदार’ मा देखिनेछिन्।

इलियाना शिरीष गुहाको आउँदो फिल्ममा देखिने छिन्, जसमा विद्या बालन र प्रतीक गान्धी पनि मुख्य भूमिकामा छन्।

प्रकाशित : बुधबार, पुष २१, २०७८१३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ मा साउथ यी अभिनेत्रीहरु देखिँदै बलिउडमा, देखिँदै छन् सिद्धार्थ, शाहरुख लगायतका अभिनेताको साथमा